Advertisements
भारत चेन्नाईको तमिलनाडुको तिरुपुरमा एक दलित दम्पतिलाई ३ जनाको समुहले खुलेआम कुटपिट गरेर हत्या गरेका छन् । उक्त हमलाबाट पतिको मृत्यु भएको छ भने पत्नी गम्भिर घाइते भएकी छन् । घटनाको समयमा त्यहाँ भएको भिड मूकदर्शक बनिरहे र कसैले पनि उक्त दम्पतीलाई मद्दत गर्ने कोशीस गरेनन् । यो भयानक हमलाको भिडियो एक घरको बाहिर राखिएको सीसीटीभि क्यामरामा कैद भएको छ ।

सीसीटीभिको भिडियो फुटेजमा देख्न सकिन्छ कि बजारमा भिडकै सामु हमलाकारीहरुले उक्त दम्पतीलाई सडकमा घिसारिरहेका छन् । दम्पति मध्ये पतिको हत्या गरेपछि हमलाकारीहरुले महिलालाई पिट्न शुरु गरेका छन् । महिला बेहाल भइ जमिनमा ढलेपछि पनि लगातार पिटिरहेका छन् । त्यसपछि हमलाकारीहरु मोटरसाइकलमा फरार भएका छन् ।

हमलाको शिकार बनेका उक्त दम्पतीहरुले ८ महिना अगाडी अन्तरजातीय विवाह गरेका थिए । आफ्नो भन्दा तलको जातिसँग विवाह गरेको भन्दै महिलाको परिवार त्यो निर्णयप्रति खुसी थिएनन् । पुलिसले हमलाकारीको खोजिको लागि व्यापक अभियान नै बनाएको छ ।

हर्नुहोस् भिडियो











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top