Advertisements
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चिनको भ्रमणमा छन् । जहाँ चीनले नेपालको नयाँ बनेको संविधानको खुलेरै प्रशंसा गरेको छ । चिनले नेपालको संविधान विश्वकै उत्कृष्ठ र समावेशी भन्दै सम्पुर्ण नेपाली जनतालाई बधाई दिएको छ । चिनले गरेको यो स्वागतले भारत लगायत त्यहाँका मिडियाहरुलाई झट्का लागेको छ । त्यसैकारण अनेक शिर्षकका समाचारहरु बन्न थालिसकेको छ ।

बनेको संविधानबाट असन्तुष्ट हुँदै भारतले नेपालमा पाँच महिना लामो नाकाबन्दी लगाएको थियो भने चीनलाई संविधानको स्वागत नगर्न कुटनीतिक दबाब दिंदै अाइरहेको थियो । चीनले नेपालको संविधानको स्वागत मात्रै हैन खुलेरै प्रशंसा गरेपछि यो कदमले भारतलाई लज्जित बनाइदिएको छ ।

सोमबार विहान प्रधानमन्त्री ओलीसँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछियाङले नयाँ संविधान संविधानसभाबाट बनाएकोमा बधाई दिंदै नेपालको आर्थिक विकास र समृद्धिमा चीन सहयोग गर्न तत्पर रहेको बताएको बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

उनका अनुसार ग्रेट हल अफ द पिपुलमा भएको भेटमा चीनियाँ प्रधानमन्त्री खछियाङले संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थिरता र आर्थिक प्रगति हुने विश्वास ब्यक्त गरेका थिए । त्यसअवसरमा प्रधानमन्त्री ओलीले नेपाल सदैब एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिका चीनबिरुद्ध कुनै गतिविधि हुन नदिने वताए ।

यसैगरी प्रधानमन्त्री ओलीको सम्मानमा ग्रेट हल अफ दि हलको पूर्वी द्वारमा आयोजित भव्य समारोहमा २१ तोपको सलामी सहित सम्मानगारद अर्पण गरिएको थियो । स्वागत पछि नेपालका प्रधानमन्त्री ओली र चीनियाँ प्रधनमन्त्री लि खछयाङ तथा दुई देशका वार्ता टोली वीच वार्ता भएको थियो ।

भेटवार्तापछि दुइ देश वीच विभिन्न दश विषयमा सहमति तथा सम्झौता भएको थियो । दुई प्रधानमन्त्रीको उपस्थितिमा दुई देशका मन्त्री तथा सरकारी अधिकारीबीच पारवहन यातायात र स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो ।



यसैगरी जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न वस्तुहरुको व्यवस्था गर्ने, पेट्रोलियम पदार्थ र ग्यास उत्पादनको लागि संभाव्यता अध्ययन गर्ने, ट्रेडमार्क दर्ता गर्ने, बैंक नियामक आयोग सहयोग सम्बन्धी र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण लगायत विभिन्न महत्वपूर्ण विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top