Advertisements
नेपालमा पछिल्लो समयमा इन्टरनेट सर्भीस प्रोवाइडर हरु बढ्दै गइरहेका छन् । समय अनुसार हामी सबै इन्टरनेट चलाउने गर्दछौ । त्यसैले पनि धेरै साइटहरु खोल्ने, अनलाईनमा भिडियोहरु हेर्ने, अावश्यक कुराहरु डाउनलोड गर्ने जस्ता कार्यको लागि हामीलाई राम्रो स्पिड भएको इन्टरनेट चाहिन्छ । हामी घरमा इन्टरनेट त जोड्छौ तर आफूले सोचेको जस्तो स्पिड या भनौ इन्टरनेट कम्पनिले भनेको जस्तो इन्टरनेट स्पिड दिइरहेको हुँदैन । यसरी ति कम्पनिहरुले ठगेको भन्दै उपभोक्ताहरुले केही कम्पनीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी समेत दिएका छन् ।

प्रहरीले पनि इन्टरनेट सर्भीस प्रोवाइडरहरुमा छापा मारेर अनुगमन तथा इन्टरनेट स्लो हुने कारण माग गर्ने तयारी गरिरहेको छ । आफुले दिन सक्ने क्षमता भन्दा धेरै ग्राहकहरु बनाउने जसले गर्दा स्पिड नपुगेका कारण सबै ग्राहकको स्पिडबाट कटौती गर्ने जस्ता कारणहरुले स्पिड लिए अनुसारको नभएको भन्दै प्रयागकर्ताले गुनासो गरेका छन् ।

प्रहरीका अनुसार त्यस्ता इन्टरनेट सर्भीस प्रोवाइडरहरुलाई अनुगमन गरी त्यस्ता काम तत्काल बन्द गराउने जनाएको छ । अहिले नेपालमा वर्ल्डलिङ्क, टेकमाइण्ड, सुविसु, वेभ सर्र्फर, ब्रोडलिंक, आइटेक, लुम्बिनि नेट लगायतका कम्पनीले इन्टरनेट सेवा दिइरहेका छन् ।

नेपालमा बढ्दो लोडसेडिङ भएका कारण इन्टरनेटको टावरहरुमा बिजुलीको अभाव र ब्याट्री र सोलार जस्तो सिस्टम राख्दा पनि राम्रो चार्ज हुन नपाएका कारण बिजुली जाँदा समेत नेट नचल्ने जस्ता समस्या अाएको कारण कतिपय अाएसपीहरु बताउँछन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top