Advertisements
बिश्वको सबैभन्दा कठोर देश साउदी अरबको आन्तरीक हालतमा अाधारित बनाइएको डकुमेन्ट्रि मंगलबार ब्रोडकास्ट गरिनेछ । निकै सेक्रेट तरिकाले छायांकन गरिएको यो डकुमेन्ट्रीमा पब्लिक एग्जीक्यूशन र क्रेनमा झुण्ड्याइएको मृत शरिर जस्ता डरलाग्दो दृश्यहरु समावेश गरिएको छ । तर देखाइने दृश्यहरु सबै सक्कली हुनेछन् । फिल्मको नाम 'सऊदी अरेबिया अनकवर्ड' हो र  पब्लिक ब्रोडकास्ट सर्विस आईटीभीमा यसलाई देखाइने छ । सऊदीमा डेमोक्रेसी एक्टिभिस्टको मद्दले ६ महिना सम्म यहाँको घटनालाई शुट गरिएको थियो।

रियादको 'चप चप स्क्वायर' मा काटिन्छ अपराधीहरुको शिर...
- यसमा देखाइएको छ कि लूटपाट गर्ने पाँच अपराधीको शिर काटेर उनिहरुलाई पब्लिक सामु क्रेनमा झुण्ड्यान्छ । धेरै दिन सम्म उनिहरुको मृत शरिर त्यसरीनै झुण्ड्याइरहने गरिन्छ ।
- आफ्नो सौतेनी नातिनीलाई मारेको दोषमा एक महिलाको शिर सबैसामू काटिन्छ । उक्त क्रममा महिला आफुलाई बचाउनको लागि धेरै पटक आफू बेकसुर भएको बताउँछिन् ।
- डक्युमेन्ट्रीमा यहाँको राजधानी रियादको 'चप चप स्क्वेयर' पनि देखाइएको छ । यो ठाउँको नाम यस्तो अनौठो हुनुको कारण यहाँ शिर काटेर सजायँ दिइने ठाउँ भएका कारण यस्तो अनौठो नाम दिइएको हो ।
- यसमा तेलको धनि देशका धेरै धनी र गरीबी दुबैलाई प्रस्तुत गरिएको छ ।



कठोर सजायँको लागि बदनाम छ साउदी
- साऊदी अरबमा निकै कडा कानुनको लागि बदनाम छ । सानो अपराधको लागि पनि यहाँ लामो समयको जेल संजाय, कोर्रा, ढुङ्गाले मार्ने र शिर काटिने जस्ता संजाय दिइने गर्दछ । यहाँ लगभग हर दिन एक व्यक्तिलाई मृत्युको संजाय दिइन्छ ।
- यहाँको रिलीजियस पुलिस सडकहरु र शपिङ मलमा पेट्रोलिंङ गरेको पाइएमा ढुङ्गा हानेर या टाउको काटिने सजाँय हुन्छ । चोरी गर्नेलाई हात काट्ने सजायँ दिइन्छ । यदि कोहि इस्लामलाई बेइज्जती गरेको पाइएमा दस सालको कैद या १ हजार कोर्रा को संजायँ दिइन्छ ।

कसले बनायो यो डकुमेन्ट्री
- यसलाई इन्डिपेन्डेन्ट टेलिभिजन पोडक्सन कम्पनी 'हार्डक्यास प्रोडक्शन्स'ले बनाएको हो । १९९२ मा डेविड हेनशाले यो कम्पनी शुरु गरेका थिए । समसामयीक गतिविधिमा अाधारित इन्भेस्टिगेटिभ फिल्म्स बनाउने 'हार्डक्याश' लाई तिन पटक एमी अवार्ड र रोयल टेलिभिजन सोसाइटी जनर्लीज्म अवार्डले सम्मानित भैसकेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top