Advertisements
भारत इन्दौर बडवानीको ओझरमा दुई युवकहरु नक्कली किन्नर (तेस्रो लिंङ्गीका समुदाय) बनेर रकम असुली गरिरहेका थिए । यसरी नक्कली किन्नर बनेर असुली गरेको जानकारी मिलेपछि वास्तविक किन्नर असुली हुँदै गरेको स्थानमा पुगेका थिए । त्यहाँ पुगेपछि उनिहरुले ति नक्कली किन्नर बन्ने युवकहरुलाई कुटपिट गरेका थिए । त्यसपछि ति युवकहरुको कपडा उतारेर जाँच गरि तिनिहरु वास्तविक किन्नर नभएको प्रमाणीत गरेका थिए ।



खबर अनुसार, धारको ठिकरीमा बस्ने ति दुई युवक किन्नर बनेर बजारका दुकानहरुमा रुपैया असुली गरिरहेका थिए । केहि व्यक्तिले एक वास्तविक किन्नर अन्नुलाई यसबारेमा सुचना दिएका थिए । यसरी सुचना पाएपछि अन्नु केही साथिहरुलाई लिएर बजार पुगेकी थिइन् । त्यसपछि ति दुई युवकहरुलाई घेराबन्दी गरी समातिएको थियो।



अन्नू र उनको साथीहरु मिलेर हात खुट्टा बाँधेर पहिला बजारमा जुलुस निकालिएको थियो भने त्यसपछि जुत्ता तथा चप्पलले निकै निर्मम तरिकाले कुटपिट गरिएको थियो। यसरी कुटपिट गरेपछि ति युवकहरुको कपडा खोलेर तिनिहरु नक्कली किन्नर हुन् भन्ने कुराको प्रमाणीत गरिएको थियो । यस क्रममा सयौ जनाको भिड लागेपनि कसैले पनि त्यहाँ युवकहरुलाई बचाउने कोशीस गरेका थिएनन् ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top