Advertisements
केहि समय अगाडी हाम्रा नेता तथा नेपाल सरकारको कृषि मन्त्री हरिबोल गजुरेल सामाजिक संजालका हिरो नै हुन पुगेका थिए । किनभने उनले त्यस्तै अनौठो कार्य गरे जसका कारण सामाजिक संजालहरुमा उनिबारे बिभिन्न बिचारहरु आए । राहदानी नाम गरेको फिल्म हेर्न भनि हलमा पुगेका कृषि मन्त्रीले फिल्म हेरिसकेपछि प्रतिक्रिया दिने क्रममा ड्वा ड्वा गरेर नै रोएका थिए । नेपालका चर्चीत हास्यँ कलाकार सिताराम कट्टेल (धुर्मुस), सन्दिप क्षेत्रीले उनको नक्कल गर्दै व्यङ्ग गरेका थिए । यतिसम्म कि उनलाई सामाजिक संजालहरुमा रुन्चे मन्त्रीको उपनाम समेत दिइएको छ ।

तर यसरी मन्त्री भएका कारण रुनु हुँदैन, भावुक हुन हुँदैन भन्ने चाँही होइन् । किनभने बिश्वमा धेरै उच्च पदमा कार्यरत व्यक्तिहरु रोएको हामीले देखेका छौ । त्यस्तै यहाँ हामीले तपाईलाई यस्तो भिडियो राखेका छौ जसको अगाडी हाम्रा कृषी मन्त्री रोएको केहि जस्तो लाग्दैन । यहाँ देखाइएको भिडियोमा जापानका एक राजनीतिक नेता रिउटेरो नोनोमुरा प्रेस कन्फ्रन्सका क्रममा यसरी रोएका छन् जुन हेर्दा तपाई छक्क पर्नुहुनेछ । उनले मिडिया सामु आफ्ना कुराहरु राख्दै जाने क्रममा चिच्च्याइ चिच्च्याई रोएका छन् ।



यो घटना लगभग २ बर्ष अगाडीको हो । त्यसबेला यो भिडियो तथा समाचार सामाजिक संजालहरुमा निकै भाइरल भएको थियो । हेर्नुहोस् तपाई पनि उक्त भिडियो उनि कसरी रोए अनि के कारणले रोए..






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top