Advertisements
भारत इलाहाबादको कौशाम्मी जिल्लाको पवारा गाउँ र शुक्लन गाँउ मिलेर दुई कुकुरको विवाह गराएर बिश्वमै नयाँ र अनौठो कामले चर्चामा आएका छन् । हिन्दु रितिरिवाज अनुसार भएको विवाहमा लगभग एक लाख रुपैयाँ खर्च गरिएको थियो । दुई गाउँ बिचको सम्बन्ध राम्रो बनाउनको लागि गरिएको विवाहमा लगभग वरपरका १२ गाउँ ५  हजार भन्दा बढि व्यक्तिहरु सहभागी भएका थिए । विवाहको निम्तोको लागि कार्ड समेत छापिएको थियो ।

मानिसहरुको जस्तै गरिएको विवाह मा कुकुरको नाम शगुन र कुकुर्नीको नाम शगुनिया थियो । दुलाह र दुलहीको लागि खसीको मासु थियो भने अन्य सहभागीहरुको लागि सादा पनिर र पुरी दिइएको थियो । शगुनियाको मालिक जंग बहादुरले आफ्नो घरको भित्र नै मण्डपको व्यवस्था गरेका थिए ।

आफ्नो कुकुरका लागि शगुनको मालिक त्रिपाठीले आफ्नो कारलाई फुलले सजाएका थिए । शगुन(कुकुर) कार भित्र बसेर आफ्नो दुलही शगुनियालाई लिन उसको घर पुगेका थिए । आफ्नै छिरी जस्तै गरि पालिएको शगुनियाको बिदाई आँशुहरुको साथमा गरिएको थियो ।







कभी देखी है डॉग्स की शादी, 12 गांव के 5000 लोगों ने उड़ाई दावतhttp://www.bhaskar.com/news-fbo/UP-ALAH-pet-dogs-wedding-held-in-kaushambhi-uttar-pradesh-5273022-PHO.html
Posted by Dainik Bhaskar on Saturday, March 12, 2016



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top