Advertisements
आजभोली लगभग हरेक घरमा घरपालुवा कुनै नै कुनै जनावर पालिने गर्दछ । यसरी पालिने जनावरहरुमा कुकुर सबैको प्रथम रोजाई हुने गर्दछ । घरमा कुकुर पाल्नु धेरै राम्रो पनि मानिन्छ । कुकुर धेरै बफादार हुने भएकाले मानिसहरुलाई बचाएको समाचार पनि हामी सुन्ने गर्दछौ ।

तर यहाँ हालै सामाजिक संजालमा भाइरल भएको भिडियो देखेपछि तपाई अचम्म मान्नुहुनेछ । एक पेट्सको मालिकले आफ्नो कुकुर लाई स्कुटरमा ड्राइभर बनाएर बसाले । यो भिडियोमा एउटा कुकुर स्कुटर चलाइरहेको छ भने उसको मालिक पछाडीको सिटमा बसेका छन् । रातो रंगको चश्मा लगाएर यो कुकुरले आफ्नो अगाडीको पंजाले ह्याण्डल समातेको छ ।

भिडियो हेर्दा स्कुटर कुकुरले नै चलाएको जस्तो लाग्छ । पछाडी कुकुरका मालिक ढुक्क बसेका छन् र बाइकलाई पनि ब्यालेन्स गरेको जस्तो देखिन्छ ।






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top