Advertisements
नेपाल लगायत भारतमा केही दिन अगाडी होली धुमधाम मनाइएको थियो । नेपालमा नेपाली कलाकारले त भारतमा भारतिय कलाकारहरुले आ-आफ्नै शैलिमा होली मनाएका थिए । कसैले आफ्नो परिवार सँग त कसैले साथीभाइहरु सँग मनाएका थिए, त्यस्तै कलाकारहरु मध्ये बलिउडकी छोटो समयमा चर्चा कमाउन सफल सनी लियोन । होलिकै अवसरमा उनको कार्यक्रम भारतको सूरत भन्ने ठाउँमा थियो । उनि आइतबार उक्त कार्यक्रममा सहभागी हुन सूरत पुगेकी थिइन् । त्यहाँ उनका प्रसस्त फ्यानहरु निकै उत्साहित बनेका थिए भने त्यही भिडमा केहि यस्ता थिए जसले अभद्र भाषाको प्रयोग गरिरहेका थिए । तर पनि सनीले हात उठाएर सबैलाई अभिवादन गरिन् । फ्लाइङ किस पनि गरिन् तर यस्तै क्रममा यस्तो भयो कि सनीले सहनै नसक्ने गरि रिस उठ्यो र आवेगमा आएर एक केटालाई थप्पड हानिन् ।

होटलमा एक रिपोर्टरले उनलाई केहि यस्ता प्रश्न गरे जुन निकै अश्लिल र अभद्र किसिमको थियो । जसका कारण सनीको सहनशिलताको सिमा पार भयो । र अचानक थप्पड हानिन् । प्रत्यक्षदर्शीका अनुसार उक्त युवक प्रोग्राम म्यानेजमेन्टको आइडी कार्ड लिएर त्यहाँ पुगेका थिए । ति युवकको बाक्यहरुले सनी निकै दुखी भएकी थिइन जस कारण उनले प्रेस कन्फ्रेन्स गर्न पनि अस्विकार गरिन् । तर त्यती हुँदा पनि उनले आयोजकलाई निरास गरिनन्, कार्यक्रमलाई पुरा साथ दिइन् ।




प्रश्न यस्तो थियो.. जसकारण सनीले झापड हानिन्
एक अंग्रेजी वेवसाइटका अनुसार, रिपोर्टरले सनीसँग सोधेको प्रश्न यस्तो थियो, पहिला तपाई पोर्न स्टार हुनुहुन्थ्यो र अब फिल्म स्टार हुनुभएको छ, अब तपाई रात्री कार्यक्रमको कति चार्ज लिनुहुन्छ? यो प्रश्न गरेपछि सनीले राम्रो सँग प्रश्न नबुझेका कारण पुन: प्रश्न दोहोर्याउन अनुरोध गरिन् । त्यसपछि उक्त रिपोर्टरले प्रश्न दोहोर्याए पछि तुरुन्छ उक्त रिपोर्टरको गालामा थप्पड हानिन् । उक्त स्थानमा सनीको साथमा उनका श्रीमान् डेनियल पनि उपस्थित थिए । सनिका पतिले यस्तो भने, हामी पुलिसमा रिपोर्ट गर्दैनौ उक्त व्यक्तिको जवाफ सनीले दिइसकेकी छन् । 

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top