Advertisements
१० कक्षा मा पढ्ने शि‍वानी प्रजापतिले महिलाहरु सेफ्टीको लागि 'एन्टी रेप बेल्ट' बनाएकी छन् । यति तपाई बेल्ड लगाउनु भएको छ र यदि कसैले तपाईलाई छोएमा यो बेल्डले ३ भोल्टको झट्का दिनेछ । महिला दिवसको मौका मा शिवानी यो बेल्टलाई महिलाहरुको सेफ्टीको लागि समर्पित गर्न चाहन्छिन् । शिवानीको यो कोशिसलाई आईआईटी दिल्लीले समेत हौसला दिइसकेको थियो ।

बेल्ट बनाउन २५० रुपैया खर्च
भारत झान्सीको उन्नाव गेट नजिक बस्ने शिवानी प्रजापति लोकमान्य तिलक इन्टर कलेजको १० कक्षाको छात्रा हुन् । शिवानीले बनाएको यो बेल्टमा २५० रुपैया मात्र खर्च अाएको छ । यो पूर्ण रुपमा इलेक्ट्रोनिक डिभाइस हो । यसको लागि आईसी, मदर बोर्ड, ट्रान्जिस्टर, सानो ट्रान्सफर्मर, एलईडी, ३ भोल्टको ब्याट्रीको प्रयोग गरिएको छ । यि सबै कुराहरु एउटा बक्समा राखिएको छ । उक्त बक्समा एउटा स्विच लगाइएको छ ।
यदि कोहि जबरजस्ती गर्न खोज्दै छ भने बेल्डमा लगाइएको स्विच अन गरेपछि त्यो सँग जोडिएको वायरबाट करेन्ट उत्पन्न हुन्छ जुन करेन्ट ३ भोल्टको हुन्छ ।

शिवानीका अनुसार, यसको झट्का यति तेज छ कि कुनैपनि महिलाहरुको लागि आफू सचेत हुने मौका मिल्नेछ । करेन्टको झट्काका कारण जब सम्म महिलालाई हातपात गर्छ उक्त समय सम्म आफुलाई बनाउने उपाय खोज्न सक्छन् ।

यसमा चार्ज गर्ने सिस्टम पनि लगाइएको छ । एक पटक चार्ज गर्दा ३ दिन सम्म चल्नेछ । शिवानीको यो 'एन्टी रेप बेल्ट' लाई विज्ञान एवं प्रोद्योगिकी विभाग, भारत सरकार द्वारा इन्स्पायर अवार्ड योजना को तर्फबाट आईआईटी दिल्लीबाट सराहना मिलिसकेको छ ।




14 साल की शिवानी ने बनाई 'एंटी रेप बेल्ट', बुरी नीयत से छूने वालों को लगेगा करंटhttp://www.bhaskar.com/news-fbo/UP-JHA-girl-design-anti-rape-belt-for-women-safety-5268584-PHO.html
Posted by Dainik Bhaskar on Tuesday, March 8, 2016


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top