Advertisements
प्राय डाक्टर भएकाहरुले भन्छन् कि बिरामीको छातिको एक्स्रे हेर्नसाथ थाहा हुन्छ कि उसले कति चुरो खान्छ । चुरोटको धुवाँले प्रत्यक्ष रुपमा फोक्सोलाई धेरै असर गरेको हुन्छ । तर हाम्रै नेपालको सिन्धुपाल्चोककी बाटुली लामिछाने नाम गरेकी एक हजुरआमा ११३ बर्षको हुनुभयो, जसले दिनमै ३० खिलिसम्म चुरोट खाने गर्नुहुन्छ । अझ अचम्मको कुरा के छ भने उहाँले नियमित चुरोट खान थालेको नै लगभग ९८ बर्ष भैसकेको छ ।

यसरी लामो समय देखि धुम्रपान गर्दा पछि उहाँको स्वास्थ्य सामान्य नै भएको र यति लामो समय सम्म जिवित हुनु भनेको मेडिकल साइन्सलाई नै चुनौति भएको छ । त्यसै कारण पनि बिदेशी पोर्टलहरु मेट्रो डट यूके डट को, डेली मेल डट कम लगायतले पनि अचम्म मान्दै केही समय अगाडी बाटुलीको बारेमा समाचार बनाएका थिए  । जसमा यस्तो हुनु बिज्ञानलाई नै चुनौति भएको बताइएको थियो ।

हजुरआमा बाटुलीका अनुसार, आफुले आफु कति बर्ष भएको भन्ने कुरा ख्याल नगरेको तर आफ्नो जीवनकालमा नेपालमा धेरै परिवर्तन भएको छ बताउँनुहुन्छ । यो मार्च महिनाबाट उहाँ ११३ बर्षमा प्रवेश गर्नु भएको छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top