विवाहको क्रममा दाइजो प्रथा बिशेष गरि नेपाल र भारतमा बढी सक्रिय छ । तर आजभोली नेपालमा दाइजो लिने दिनेक्रम बिस्तारै घट्दै गइरहेको छ भने भारतमा अझै पनि दाइजोकै कारण हत्या जस्तो डरलाग्दो घटनाहरु घटिरहेकै हुन्छ । त्यस्तै अर्को बिकृती विवाहमा सालीले जुत्ता लुकाउने र धेरै धेरै पैसा डिमाण्ड गर्ने हो । दाइजोप्रथा कम हुँदै गएपनि यो चलन नेपालमा पनि निकै बढ्दो छ ।
यस्तै कारणले गर्दा भारत जमालपुरको चिप्पा समुदायमा सालीले जुत्ता लुकाएपछि फिर्ता गर्न ५० हजार डिमाण्ड गरेका थिए । यो रकम अति नै ठूलो भएको र विकृतिको रुपमा बढ्दै गएका कारण उक्त चिप्पा समुदायले जुत्ता लुकाए वापत दिइने रकम ५ हजार भन्दा कम फिक्स गरेका छन् ।
यो फैसला चिप्पा समुदायको कमिटीका सदस्यहरुले गरेका हुन् । कमिटीकै एक सदस्य यासिन पिपदवालाका अनुसार यदि कोहि यस नियमको उल्लङ्घन गर्छ भने विवाह नै रद्द गरिने छ । चिप्पा समुदायमा मानिसहरु करिब ५० हजारको संख्यामा छ । यो समुदाय प्राय टेक्सटाइलको काम गर्ने गर्दछन् । यो समुदायले विवाहको समयमा रातमा हुने पार्टीलाई पनि रोक लगाइसकेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.