भारतको उज्जैनमा भएको सडक घटनामा चार बर्षका बच्चाको मृत्युका कारण अाक्रोस बनेका परिवारहरुमाथी पुलिसले आफ्नो शक्ति नै प्रदर्शन गरेको छ । न्यायको माग गरिरहेका महिलाहरुमाथी पुलिसले दौडाइ दौडाइ लाठी चार्ज गरेका छन् । जुन भिडियो यतिखेर निकै भाइरले भएको छ ।
भारत उज्जैनको अागर रोडमा शनिबार चार बर्षीय प्रदिप, पिता नरेन्द्र रायकवार र हजुरआमा गंगाबाई साथमा घर जादै थिए । त्यही समयमा निकै स्पिडमा शाजापुरबाट उज्जैन आउँदै गरेको बसले कुल्चिएको थियो । उक्त बसले २० मिटर सम्म घिसार्दै लगेको थियो । उक्त बच्चालाई अस्पतालमा मृत घोषित गरिएको थियो । उक्त घटनामा हजुरआमा गंगाबाईलाई पनि चोट आएको छ । मानिसहरुले भाग्न खोजेका ड्राइभर जितेन्द्र र खलासी शाजापुर लाई कुटपिट समेत गरेका थिए ।
बच्चाको मृत्यु भएपछि आक्रोस बनेका परिवारहरुले सडकमै शव राखेर बिरोध गरिरहेका थिए । दोषी बस चालक र चिमनगन्ज मन्डी चौकीको एक अारक्षकलाई कारवाहि हुनुपर्ने माग गरिरहेका थिए । आक्रोश बनेका मृतकका आफन्तहरुले एक प्रहरी अफिसरको काँधमा भएको स्टार थुतेका थिए । भिड अनियन्त्रित भए पछि पुलिसले लाठी चार्च गरेको थियो । पुलिसले महिलालाई पनि छोडेन लखेटी लखेटी लाठी चार्ज गरेको थियो ।
सरेराह पुलिस ने महिलाओं को दौड़ा-दौड़ाकर पीटा, वायरल हुए PHOTOShttp://www.bhaskar.com/news-ht-fbo/c-8-1344317-id0505-NOR.html
Posted by Dainik Bhaskar on Monday, March 7, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.