बच्चाहरु स्वतन्त्र पंछीहरु जस्तै हुन्छन् न त उनिहरुलाई आजको चिन्ता हुन्छ न भोलिको चिन्ता हुन्छ । यस्तो उमेरमा उनिहरुको मन निकै चन्चल हुन्छ । उनिहरु कुनैपनि नियम कानुनमा बाँधिएर बस्न रुचाउँदैनन् । तर यहाँ १२ बर्षीय याँङलाई त्यस्तो के बिमारले छोयो जसका कारण उनि आफ्नो आधा जिन्दगी झ्यालमा बाँधिएर बिताइन् र अझैका दिनमा पनि यसरी नै बिताउने छिन् ।
जब याङ ८ महिनाकी भएकी थिइने तब उनलाई मस्तिस्क रक्तस्राव (ब्रेन हैमरेज) भएको थियो । उनि मानसिक रुपमा रोगी थिइन् र परिवार सँग कुराकानी गर्नमा असमर्थ थिइन् । याङका पिताका अनुसार याङ कतै नजाउन् भनेर उनलाई झ्यालमा बाँधेर राख्छन् ।
चिनको सानक्सी प्रान्तमा बस्ने १२ बर्षीय याङको उपचार पनि गरिएको थियो । तर पनि उनि ठिक हुन सकिनन् । याङका पिताका अनुसार आफ्नो बच्चाको उपचारका लागि उनले घरमा भएको एक जनावरलाई पनि बेचेका थिए । याङको पिता गरिब भएका कारण उनको आफ्नो छोरीको उपचारको खर्चको भार आफूले उठाउन नसक्ने बताउँछन् । उनि भन्छन्, जब उनको छोरी सानो छँदा पलङ बाट तल खसेकी थिइन् त्यसबेला उनको टाउको जमिनमा बजारिन पुग्यो तब बाट आफ्नो छोरीसँग कुराकानी हुन बन्द भएको थियो । अहिले याङको अभिभावकले याङलाई झ्यालमा बाँधेर राख्ने गर्दछन् भने कुनै काम गर्नुपर्दा उनलाई बाहिर रुखमा बाँधिने गरिन्छ ।
जब याङ ८ महिनाकी भएकी थिइने तब उनलाई मस्तिस्क रक्तस्राव (ब्रेन हैमरेज) भएको थियो । उनि मानसिक रुपमा रोगी थिइन् र परिवार सँग कुराकानी गर्नमा असमर्थ थिइन् । याङका पिताका अनुसार याङ कतै नजाउन् भनेर उनलाई झ्यालमा बाँधेर राख्छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.