Advertisements
बलिउड अभिन्ता ऋतिक रोशन र अभिनेत्री कंगना रनौत बिचको सम्बन्धको बारेमा यतिखेर भारतिय मिडियाहरुको दैनिक समाचारहरुमा अाइरहेको हुन्छ । यिनिहरु बिचको सम्बन्धको लडाई चर्किदै गइरहेको छ । यि दुई एक अर्कालाई लिगल नोटिस पठाउँदै गम्भिर आरोप लगाउने गरेका छन् । पहला ऋतिकले ७ पेजको लीगल नोटिस कंगनालाई पठाउँदै माफि माग्न  भनेका थिए । जसको जवाफमा कंगनाले २१ पेजको लीगल नोटिस पठाउँदै ऋतिक माथी गम्भीर आरोप लगाएकी छन् । यदि कंगनाको नोटिसमा लगाइएको आरोपका अनुसार कारवाही भएमा र ऋतिको बिरुद् सबै सबुत सहि पाइएमा ऋतिकलाई १० बर्षको जेल सँजाय हुनसक्ने छ ।

नोटिसमा ऋतिक बिरुद्द आईटी एक्ट को धारा-६७ को आरोप लगाइएको छ । धारा-६७ को अनुसार,  'यदि कसैको पनि छवि बिग्रार्ने दृष्ट्रिकोणले कसैसँग सम्बन्धित जानकारी इलेक्ट्रोनिक फर्ममा जारी या पब्लिस गरेको पाइएमा पाँच बर्षको जेल संजाय र एक लाख रुपैया जरिवाना लाग्नेछ । यदि दोस्रो पटक पनि यस्तो कोशिस गरेमा १० बर्षको जेल संजाय र जरिवाना २ लाख सम्म हुनेछ ।

यसको साथसाथै ऋतिक माथी आईपीसीको धारा-४९९, ५०० र ५०६ बमोजिमको आरोप लगाइएको छ ।  धारा ४९९ र ५०० मानहानीको लागि हो यो अनुसार २ बर्षको जेल संजाय छ भने डर देखाउने, धम्क्याउने र झुठो आरोपले महिलाको छवि बिगार्ने गरेमा धारा ५०६ (अापराधिक धम्की) बमोजिम को संजाय हुनेछ । यस अनुसार ७ बर्षको जेल सजायँ हुनेछ ।

यिनिहरु बिच सम्बन्धको बारेमा झगडाको शुरुवात कंगनाको त्यो इन्टरभ्यू पछि शुरु भएको थियो । जहाँ उनले ऋतिकको नाम नलिए पनि अप्रत्यक्ष रुपमा ऋतिकलाई सिली एक्‍स (मूर्ख पूर्व ब्‍वाईफ्रेण्ड) बताएकी थिइन् । पछि कंगनाको एक्स आफुलाई सम्झदै रितिकले सामाजिक संजालमा प्रतिकृया दिंदै कंगना बिरुद्द खनिएका थिए । त्यसपछि ऋतिक ने कंगनालाई लीगल नोटिस पठाएका थिए ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top