Advertisements
एक महिला आफ्नो पतिको त्यस्तो बानीले हैरान भएकी थिइन् कि उनले त्यसबारेमा रिपोर्ट दिनको लागि पुलिसचौकी नै पुगेकी थिइन् । पुलिसचौकी पुगेर उक्त महिलाले एसपी सँग आफ्नो पतिको त्यो बानिले आफ्नो ज्यान खतरा भएको बताएकी थिइन् ।

भारतको बडौतमा बस्दै आएकी उक्त महिलाले पति र उनको परिवारहरु विरुद्द रिपोर्ट दिएकी थिइन् । कि उनिहरु सरसफाईमा ध्यान नदिने गरेको र धेरै महिना सम्म पनि ननुहाउने गरेको बताएकी थिइन् । उनले आफ्नो पति र ससुराल पक्षहरुलाई स्वच्छतासँग रहनको लागि कम्तिमा एक दिनको फरकमा नुहाउनको लागि गरेको अनुरोधलाई बेवास्ता गरेको समेत उक्त महिलाले एसपी रवि शंकर छविलाई बताएकी थिइन् ।

उक्त महिला भन्छिन्, 'बिवाहको केही समयपछि मलाई थाहा भयो कि मेरो पति र ससुरालवाला सफा सुग्घर भएर बस्न जानेका छैनन् र दैनिक नुहाउँदा पनि नुहाउँदैनन् । घर आसपास पनि निकै फोहोर गर्ने गर्दछन् । मैले विवाहको पहिलो बर्ष सफा राख्ने धेरै कोशिस गरें तर अन्य सदस्यहरुको सहयोग नभएका कारण म असफल भएं । उल्टो मसँग नराम्रो व्यवहार गरेको समेत बताएकी थिइन् ।

नमुना तस्विर


उक्त महिला भन्छिन्, 'मेरो पति र उनको परिवार पछिल्लो दिपावलीमा नुहाएका थिए र यो बर्ष होलीमा नुहाएका छन् । जतिबेला उनले आफ्नो परिवारलाई सरसफाईको साथमा बस्नको लागि अनुरोध गर्दछिन् उल्टो उनिसँग नराम्रो व्यवहार गर्दै कुटपिट समेत गर्ने गरेको बताइन् ।  पुलिसका अनुसार, यो घटनाबारे महिला सेल लाई जिम्मा लगाइएको छ ताकि आपसी सम्झौतामा मिल्न सकोस् ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top