Advertisements

असहिष्णुताको मुद्दाले प्रधानमन्त्री नरेन्द्र मोदी अात्तिएका छन् । जब उनको लण्डन यात्राका क्रममा यो मुद्दा उठ्यो त उनले भारतलाई गान्धी र बुद्धको देश बताएका थिए । जसको नेपालमा पनि निकै बिरोध भएको थियो । मोदी भारतलाई अाखिर राम-कृष्णको देश किन भन्न चाहँदैनन्, आखिर बुद्ध नेपालमा जन्मीएका भएपनि भारतको लागि के गरे, यो कुरा अाइतबार द्वारका शारदापीठका जगतगुरू शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीले एक भारतिय संचार माध्यमसँगको कुराकानीमा गरेका थिए ।

शंकराचार्य  भन्छन्, भीमराव अम्बेडकरले स्वयं अाफ्नो नयाँ जाति बनाए । कोहिपनि बुद्धको अनुसरण गरिरहेका छैनन् । देशमा सहिष्णुताको माहोल छ । उनले उदाहरण दिंदै भने कि कोही हिन्दु केटी आफ्नो परिवार परित्याग गरेर मुस्लिम केटासँग विवाह गर्दछीन् । त्यसपछि उनि त्यो समाजमा आफ्नो धर्म अनुसार मान चाहन्छिन् तर त्यो धर्मका व्यक्ति उनका अनुसार मान दिंदैनन भने त्यो असहिष्णु हुन जान्छ ।

महिलाहरुमा हुने अत्याचार बन्द हुनुपर्छ
शंकराचार्य भन्छन्, प्रधानमन्त्री मोदी विदेशहरुमा गिता बाँडीरहेका छन् । तर उनले आफ्नै देशका केटा केटीहरुमा यसको ज्ञान दिन जरुरी छ । राम्रो सँग केटाकेटीहरुलाई रामायण तथा महाभारत पढाइएको भए महिलामाथी यति धेरै अत्याचार हुने थिएन । किन भने रामायणमा स्पष्ट छ कि परस्त्री लाई हरण गरेका कारण रावणको सर्वनाश भएको थियो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top