Advertisements
यो संसार धेरै कुराहरु अनौठो र रहस्यमय छ । समय र ठाउँ अनुसार अनौठो अनौठो घटनाहरु बेलाबेला हामी सुन्ने गर्दछौ । त्यस्तै एक घटना घटेको छ भारतको पश्चिम बंगालमा । जहाँ एक महिलालाई भिडले रुखमा बाँधेर घण्टौ सम्म उसलाई अत्याचार गरियो । उसको गल्ती मात्र यति थियो कि उनले ६ साल पुरानो मुद्दा फिर्ता लिन मानिरहेकी थिइनन् ।

घटना मालदा जिल्लाको इङ्लिस बजार को हो । सुचनाको अनुसार करिब ४० जना मिलेर एक महिलालाई उसको पिताको घरबाट तानेर बाहिर निकाले । त्यसपछि उनलाई एउटा रुखमा बाँधीयो । त्यसपछि त्यहाँ जम्मा भएको भिड सबैले उनलाई पिट्न थाले ।

सुचना पाउनसाथ समयमै पुलिस त्यहाँ पुगेपछि मात्र ति निर्दयीहरुको हात बाट उक्त महिला उम्कन सफल भइन् ।  त्यसपछि उनलाई नजिकैको मालदा मेडिकल कलेजमा भर्ना गरिएको छ । पुलिसका अनुसार उनि खतरा बाट मुक्त रहेको जनाइएको छ । पुलिसले सो घटनाको अनुसन्धान गर्दै अपराधीहरुलाई पक्राउ गरिरहेको छ ।

घटना यो कारण घटेको थियो कि ति महिलाले २००९ मा तिन ठेकेदारहरुको विरुद्द उजुरी दिएकी थिइन् । आरोप यो थियो कि ठेकेदार सैमुअल शेख, जैयुल शेख र रसूल अलीले निर्माणमा प्रयोगहुने सामान उनको पिताको घर अगाडी राखिदिएका थिए जसका कारण उनलाई बाहिर निस्कन निकै अफ्ठ्यारो भैरहेको थियो ।

यसरी उजुरी दिएपछि तिनै जना अपराधीहरुले उक्त महिलालाई कुटपिट गरेका थिए । त्यसपछि उनिहरु बिरुद्द अपराधिक क्रियाकलाप गरेको भनि मुद्दा हालेकी थिइन् । अहिले पनि यो मुद्दा अदालतमा चलिरहेको छ । तिनै जना अपराधी जमानतमा बाहिर छन् र उनिहरुले उक्त मुद्दा फिर्दा लिनका लागि धम्की दिइरहेका थिए । त्यति गर्दा पनि मुद्दा फिर्ता लिन नमानेपछि यस्तो बर्बर्ताको शिकार बनाइएको थियो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top