Advertisements
जर्मनीको ह्यम्बर्गमा केही अज्ञात समुहले फेसबुकको कार्यालयमा हमला गरेका छन् । खबर अनुसार हमलाकारीहरुले कार्यालय तोडफोडमात्र नभइ एक भित्तामा 'फेसबुक डिसलाइक' पनि लेखेका छन् ।

उत्‍तरी जर्मनीको पुलिसले यो घटनाको जानकारी दिंदै भनेका छन् कि घटना अाइतबार रातीको हो । केही अज्ञात व्यक्तिहरु हुड जाकेट लगाएर अाएका थिए र उक्त सोसल नेटवर्कीङ कार्यालय तोडफोड गर्न थालेका थिए ।

घटनाको बयान दिंदै फेसबुकको प्रवक्ता भन्छन्, यो घटनामा कोहिपनि घाइते नभएको र यस घटनापछाडीको कारणबारे केही पनि बताउन नसकिने बताएका छन् ।  खबरका अनुसार जर्मनीमा फेसबुकको यूरोपियन प्रमुख मार्टिन ओट्ट सोशल नेटवर्किंग साइटबाट अापत्तिजनक बयान हटाउन नसकेका कारण उनि विरुद्द पहिल्यै जाँच र अनुसन्धान घेरामा रहेका थिए । फेसबुकको यूरोपियन प्रमुख विरुद्द यो जाँच पछिल्लो महिना शुरुभएको थियो जब जर्मनीका राजनेताहरु र सेलिब्रेटीहरुले सोशल साइटमा जर्मन भाषामा बढ्दो रुपमा विदेशिहरुको विरुद्द लेखिएको पोस्ट लाई लिएर चिन्ता व्यक्त गरिएको थियो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top