भारतले गरेको नाकाबन्दीको बिरोधमा भारतीय च्यानल बन्द गर्न गरिएको आग्रहलाई ठाडै अस्वीकार गरेका कारण नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा आक्रमण गरेका छन् । आक्रमणपछि डिस होमको प्रसारण बन्द भएको छ । माओवादी कार्यकर्ताहरु गएर डिसहोममा आगजनी समेत गरेका छन् ।
माओवादीले भारतले नाकाबन्दी गरे लगत्तै भारतीय च्यानलमाथि प्रतिबन्द लगाउन सरकारसँग माग गरेको थियो । हिन्दी च्यानल बन्द गर्न आग्रह गरेपनि अटेर गरेको र राज्यसँग साठगाठ गरि भारतीय लगानीमा हालीमुहाली गरेकोले चेतावनी स्वरुप आक्रमण गरिएको भन्दै माओवादीले डिसहोमले अटेर गरे अझै उच्चस्तरको कारबाही गर्ने चेतावनी समेत दिएको छ । साथै केवल र डिसहोम सन्चालकहरुलाई पनि भारतीय च्यानल बन्द गर्न आग्रह गरेको थियो ।
सोही आग्रह वमोजिम केवल सञ्चालकहरुले भारतीय च्यानल बन्द गरेर नाकाबन्दीको विरोध जनाए पनि तत्कालीन सन्चारमन्त्री मिनेन्द्र रिजालको अभिब्यत्तिपछि पुन प्रशारण सुचारु गरेका थिए । केवल सञ्चालकहरुले भारतीय च्यानल बन्द गरेको केही समयपछि रिजालले च्यानल बन्द गर्ने केवल सञ्चालकहरुलाई स्पष्टिकरण सोध्दै उनीहरुमाथि कारवाही गर्ने धम्की समेत दिनुभएको थियो ।
भारतीय च्यानलहरुले नेपालमा गएको महाविनाशकारी भुकम्प र नाकाबन्दीपछिको परिस्थितिलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका थिए । - मिरमिरेअनलाईन

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.