Advertisements
यो त हामी सबैलाई थाहा भएकै कुरा हो कि अनार खाँदा स्वास्थ्यको लागि  निकै लाभदायक हुन्छ । साथै यो निकै स्वादिलो पनि हुन्छ त्यसैले बच्चा देखी बृद्दा सम्म सबैले मन पराएरै खाने गर्दछन् । यो अनारमा फाइबर, भिटामीन सी र के पर्याप्त मात्रामा पाइन्छ । यसमा हुने एन्टी अक्सीडेन्टले पनि धेरै फाइदा दिन्छ ।

अनार सेवन गर्दाका फाइदाहरु यति धेरै छ कि जुन तपाईले थाहा पाउनुभयो भने तपाई पनि अचम्ममा पर्नुहुनेछ । अनार सेवन गर्नाले मुटुसँग जोडिएको बिमारीहरुबाट बचाउने काम पनि गर्दछ । त्यति मात्र नभइ यसले क्यान्सरको शुरुवात स्टेजबाट पनि बचाउने गर्दछ । इम्यून पावरलाई बढाउने कामको साथमा सेक्स लाइफलाई पनि सँधै खुसी राख्नमा मद्दत गर्दछ ।

अनारले स्वास्थ्यको लागि मात्र नभइ सुन्दरताको लागि पनि निकै लाभदायक हुन्छ ।

१. सुर्यको चर्को किरणबाट बचाउने
अनार, सुर्यको नकरात्मक असर गर्ने यूवी कीरणहरुबाट छालालाई सुरक्षीत राख्ने काम गर्दछ । अनारको बोक्रामा सन-ब्लाकिङ्ग एजेन्ट्स् हुन्छ जसले नेजुरल तरीकाले त्वजालाई सुरक्षीत राख्दछ ।

२. एन्टी-एजीङ गुण
अनारमा उच्च मात्रामा भिटामीन ए, ई र सी हुन्छ । यो भिटामीन उमेर बढ्दा अाउने लक्षणहरुलाई रोक्ने काम गर्दछ । यसले त्वचा लाई छीटै चाउरीनबाट बचाउँछ ।

३. नयाँ कोशिकाहरुको निर्माणमा सहयोग
अनारले छालाको उपल्लोभागलाई सुरक्षित गर्ने काम गर्दछ साथै यसले कोशिकाहरुको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ जसले अनुहारमा निखार अाउँछ ।

४. मोश्चर गर्नको लागि
अनारले त्वचालाई हाइड्रेटेड राख्ने काम गर्दछ । अनारको दाना भित्र भएको विउबाट निकालिएको तेलको प्रयोगले छालालाई कोमल र मुलायम बनाइराख्नमा मद्दत गर्दछ ।

५. शरिरमा अाएको मुसालाई हटाउने
अनारमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । अनारको जूस पिउनाले पाचन प्रक्रियामा राम्रो गर्दछ साथै यसमा हुने एन्टी-अक्सीडेन्ट गुणले शरिरमा मुसा अाउने समस्यालाई दुर गर्दछ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top