Advertisements
कैलिफोर्नीयामा एउटी अामाले आफ्नै छोरीलाई माइक्रोवेवमा राखेर हत्या गरेकी छिन् । जुन घटना पछि उनलाई कोर्टले उमेरकैदको सजाय सुनाएको छ । याङ नाम गरेकी उक्त महिलाको वकिल भन्छ उनलाई  एपेलेप्टिक बीमारी भएको र उसले एक बर्षीय छोरी मीरावेले थाअोलो लाई पाँच मिनेट सम्म ओभनमा राखेको थाहा नै नभएको त्यो समयमा उनले चेतना नै छोडेको बताएको छ । तर मेडिकल जाँचमा यो बिमारीको कुनै पुष्टि हुन सकेको थिएन ।

मेडिकल एक्सपर्टले कोर्टमा बताए अनुसार विकिरणले बच्चाको अान्तरिक अंग नराम्रोसँग जलेको थियो । ३४ बर्षीय याँङलाई फस्ट डिग्री मर्डर र हमलामा दोषी ठहर्‍याइएको छ । कोर्टले वकिलको उक्त तर्क लाई खारेज गरि उक्त महिलालाई नियन्त्रणमा लिएको थियो । विपक्षीले यो अारोप लगाएका छन् कि महिलाले जानेबुझेर नै आफ्नो छोरीलाई माइक्रोवेवमा हालेकी थिइन् किनभने उनि बच्चालाई लिएर निकै रुष्ट थिइन् । बच्चाले याँङको एउटा आर्किटेक्चरल फर्मको कामका क्रममा डिस्टर्ब गरिरहेकी थिइन् । याङको अरु तिन वटा बच्चा छन् । याँङलाई यो अपराधका लागि २६ बर्ष जेलमा बस्नु पर्नेछ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top