Advertisements
यो २०७२ सालमा भुकम्पले नेपालमा ठूलै क्षति ब्यहोर्न पर्यो । नेपालले मात्र नभएर यही बर्ष जापान, चाइना, भारत लगायतका देशहरुमा पनि ठूलै भुकम्प अाएको र क्षति ब्यहोर्न परेको समाचार सुन्नुपरेको थियो । त्यसै कारण पनि भुकम्पबाट कसरी बच्ने, यसबाट धेरै धनजनको क्षति हुनबाट बच्न के के गर्ने जस्ता कुराहरु पनि समाचारमा धेरै नै अाए । नेपालकै कुरा गर्ने हो भने अब देखी घर बनाउँदा धेरै मापदण्ड पालना गर्नुपर्ने नियम समेत लागू भएको छ ।

अमेरिकी स्पेस एजेन्सी नासाको एक्सपर्टका अनुसार अबको २ बर्ष भित्र क्यालिफोर्नीयामा भूकम्प अाउने सम्भावना ९९ प्रतिसत रहेको जनाइएको छ ।

वैङ्ग व्यक्सी नाम गरेका एक व्यक्तिले २०१० मा भूकम्परोधी खाटको लागि पेटेन्ट गराएका थिए जसलाई सुरक्षित बनाउनको लागि उनि लगातार काम गरिरहेका छन् । भूकम्परोधी खाटमा इमरजन्सीका बेला अावश्यक पर्ने सबै कुराहरु खाने सामान, पानी, फस्ट एड, अक्सीजनको सिलिण्डर जस्तो कुराहरु राखिएको छ । यो खाटलाई यसरी डिजाइन गरिएको छ कि भूकम्प अाउनसाथ यो खुल्नेछ र यसमा सुतेका व्यक्ति भित्र पर्नेछ । यसको सिस्टम निकै बलियो गरि बनाइएको छ । जुन गुल्टीदा, माथी कुनै पनि कुराले थिच्दा समेत यो खाट टुट्ने फुट्ने हुनेछैन ।

यस खाटमा रहेको व्यक्ति रेस्क्यू अाउने बेलासम्म सुरक्षित हुनेछ । अहिले यो आफ्नो शुरुवात चरणमा छ र यसलाई कन्सेप्टको रुपमा पेश गरिएको छ । मानिसहरुलाई ज्यादा समयसम्म सुरक्षित राख्नको लागि अहिले यस टेकनिक र डिजाइनमा सुधार गरिंदै छ ।






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top