Advertisements
फिल्म अभिनेता शाहरुख खानको बयानका कारण उनको नयाँ फिल्म दिलवाले रिलीज हुनुभन्दा पहिलै बिरोध गरिएको छ । भारतको जीन्दमा केही समुहले शाहरुख खानको पुतला जलाएका छन् । जीन्दमा यो बिरोध प्रदर्शन कल्याण भावना समितिले गरेका हुन् । बिरोधको साथसाथै फिल्म अभिनेता शाहरूख खानको पुत्ला पनि जलाइएको थियो र पाकिस्तान जाअो जस्ता नाराहरु लगाएको समेत थियो । समितिले शुक्रवार सिनेमाघरहरुमा रिलीज हुने शाहरूख खान अभिनित फिल्म दिलवालेको बिरोध गरेका थिए र व्यक्तिहरुलाई यो फिल्म देख्नुको सट्टा टिकटको पैसा चेन्नाईमा अाएको बाढी पिडितलाई दिनको लागि अाह्वान समेत गरिएको थियो ।

सम्पुर्ण देशवासीहरुको भावनालाई ठेस पुर्‍याउने काम गरेको भनी कल्याण भावना समितिले शाहरुखमाथी अारोप लगाएको थियो । उक्त समितिको अध्यक्ष एडवोकेट तिजेन्दर दुल्लले भने कि शाहरूख खानले जन्मदिन भन्दा पहिला देशलाई दुई टुक्रामा बाँड्ने जुन बयान दिए, त्यसलाई लिएर समिति शाहरुख खानको बिरोध गर्दछ । साथै शाहरुख खानलाई गद्दारी समेत भनेका थिए ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top