भारत-नेपाल सिमामा बिगत १ सय भन्दा बढि दिनबाट चलिरहेको नाकाबन्दीको कारण कतिपयले यसबाट आफ्नो गोजी भर्नेकाम गरी फाइदा लिइरहेका छन् । नेपालमा इन्धनको निकै अभाव भैइरहेको छ । भारतको ‘टाइम्स अफ इन्डिया’ को रिपोर्ट अनुसार भारतका केही ट्याक्सी ड्राइभर इन्धन ट्याङ्क फुल गरेर बोर्डर पुगी खाली गर्दछन् । त्यहाँबाट बिचौलिया इन्धनको ढोल भरेर ल्याउने गर्दछन् र महंगो रुपैयामा बिक्री गरिरहेका छन् ।
खबर अनुसार भारतको उत्तर प्रदेशमा भारु ५२ रुपैया प्रति लिटर पाइने डिजल नेपालमा भारु १२० रुपैया प्रति लिटर बिकिरहेको छ भने भारु ६८ रुपैंया प्रति लिटर पर्ने पेट्रोल नेपालमा भारु २०० सम्ममा बिकिरहेको छ । इन्धनको यो तस्करीमा भारतको प्यासेन्जर बोक्ने गाडीको साथै निजी गाडीपनि यस्तो कार्यमा संलग्न गरहेको बताइएको छ ।
सामान्य अवस्थामा भारतबाट इन्धनको ३०० ट्रक सम्म नेपाल अाउने गर्दथ्यो भने अहिले नाकाबन्दीका कारण यो संख्या कम भएर दिनमा ५ देखि १० ट्याङ्कर मात्र नेपाल भित्रिएको छ । नेपालको यस्तो स्थितीको फाइदा उठाउँदै धेरै भारतिय व्यक्तिहरुले इन्धन तस्करीलाई साइड बिजनेस नै बनाएका छन् ।
केहि ट्याक्सी ड्राइभरले त बिचौलियाको पनि प्रयो गर्दैनन् उनिहरु बैधानिक रुटबाट नेपालमा छिर्दछन् यसको लागि उनिहरु ३५ रुपैया मात्र भन्सार तिरि नेपालमै अाएर आफ्नो ट्याङ्क खालि गर्दछन् । यस्तो गर्दा एक ट्रिपबाट भारु २७०० देखि ३२०० रुपैयाको कमाई गर्दछन् । यसलाई नियत्रण गर्नको लागि दुबै पक्षबाट खासै कुनै कोशीस भएको छैन ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.