Advertisements
भारतको जालन्धर मकसूदाको नजिकै रहेको क्षेत्र मोती नगरमा दिन-दाहाडे एक नेपालीले पहिले आफ्नो गर्भवनी पत्नीको घाँटी अठ्याएर हत्या गरि मट्टीतेल खन्याएर घरमा नै जलाइदिएका छन् ।

उक्त घटना पछि उनि फरार भएका थिए । घटनाको सूचना मिलेपछि आस-पासका मानिसहरु एकत्रित भई घटना सम्बन्धी जानकारी पुलिसलाई सूचना गरेका थिए । सूचना मिलेपछि चौकी नं. १ को प्रभारी बलबीर सिह पुलिस सहित घटनास्थल पुगेर उक्त घटनाको जाँच गरेको थियो । केही समय पछि पुलिसले अपराधीलाई गिरफ्तार पनि गरेका छन् ।

चौकीका प्रभारी बलबीर सिह का अनुसार पुलिसको जाँचमा पत्ता लागे अनुसार अपराधी मनबहादुर आफ्नो पत्नी आशा सँग मोती नगरमा रिटायर्ड इन्स्पेक्टर हरभजन सिंहको क्वाटरमा बस्दथे । घटनाको दिन अन्य क्वार्टरमा बस्ने सबै काममा गएका थिए तर मनबहादुर कतै गएका थिएनन् । थोरै टाढा अन्य क्वाटरमा सिमरन नाम गरेकी युवति घरमा एक्लै रहेकी थिइन् । जब मनबहादुर ले आफ्नो श्रीमतीलाई पिट्न शुरु गरे र उनको घाँटी समाउन थाले सो समयमा आशा कराएको आवाज सुनेर सिमरन समयमै घटनास्थल पुगी रोक्ने प्रयास गरेको र रोक्ने प्रयास सफल नभएपछि सिमरनले क्वाटरको मालिक रिटायर्ड इन्स्पेक्टर हरभजन सिहको छोरा हरजशनपाल सिंहलाई घटना सम्बन्धी सूचना दिएकी थिइन् घटनाबारे थाहा पाउनसाथ त्यहाँ पुग्दा मनबहादुरले आफ्नो पत्नीको घाँटी अठ्याएर हत्या गरि शवलाई कोठाभित्र बन्द गरी आगो लगाइसकेका थियो । शव नराम्रो सँग जलिसकेको थियो त्यसपछि मनबहादुर फरार भएका थिए ।

मनबहादुरलाई राम्रो लाग्ने थिएन पत्नीको रक्सी पिउने बानी
चौकीका प्रभारी बलबीर सिंहका अनुसार पुलिस जाँचमा पत्ता लागे अनुसार यो कुरा थाहा हुन आएको छ कि बितेको रात मनबहादुरले छिमेकी राम बहादुर र उनको पत्नी मीनासँग बसेर रक्सी पिएका थिए । सोही समयमा आशाले पनि रक्सी पिएकी थिइन् । मनबहादुरलाई आशाले रक्सी पिएको मन परिरहेको थिएन । जसकारण दुई बिच बहस पनि भएको थियो सायद त्यही कारण यस्तो हुनसक्ने बताउँछन् ।

यि सबै घटना पश्चात फरार भएका अपराधी मनबहादुर आफै घटना स्थलमा पुगेका थिए । जहाँबाट पुलिसले उसलाई पक्राउ गरि हिरासतमा लिएको थियो ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top