Advertisements
स्पेनमा २७ बर्षीय युवकले आफ्नो म्यूजीक सँगको क्रेजीपन यसरी देखाए की सबै जना चकित परे । चकित पर्नुको कारण उनले अपरेशन थियटरमा त्यो समय बाजा बजाएका थिए जुन बेला उनको ब्रेन सर्जरी भइरहेको थियो । यो सर्जरी १२ घण्टा लामो चलेको थियो भने त्यती नै समय उनले बाजा बजाइरहेका थिए ।

खास कारण के थियो
चर्चीत अनलाईन पत्रीका डेलिमेलका अनुसार, स्पेनको मलागा मा रहने यी चार्लोस अगुलीराको ब्रेन सर्जरी गर्नुपर्ने भएको थियो । चार्लोस पेशाले एक बाजा बजाउनेवाला थिए । ब्रेन सर्जरीको क्रममा प्रायजसो बिरामीलाई जिउँदो राखिन्छ । जसका कारण अचानक कुनै गडबड भएमा थाहा पाउन सकियो । त्यसैकारण पनि चार्लोसलाई होशमा राखिएको थियो । यस्तोमा ति क्रेजी युवकले यस्तो फैसला गरेका थिए कि उनि अपरेशनको क्रममा बाजा बजाइरहने छन् । जसले उनको ध्यान त्यही बाजामा जोअोस् र दुखाइ पनि कम होस् ।

कार्लोसको अपरेशन सफल पनि भयो । कार्लोसले आफ्नो अपरेशनको भिडियो शुट गरेका थिए । अपरेशन पछि उनको उक्त भिडियो हेरि आँफै दंग परेका थिए । उनले भिडियो हेरेर भनेका थिए, उनलाई थाहा थिएन कि त्यो समयमा डाक्टरहरु मेरो टाउकोमा यो सब गरिरहेका छन् ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top