अमेरिकी प्रसिद्द गायक एडेलको नयाँ एल्बम '२५' ले अमेरिकाको पुरानो रेकर्डलाई तोडेको छ । एक हप्तामा ३.३८ मिलियन (तिस लाख भन्दा बढि) प्रति बिकेको छ । एडेलको यो नयाँ एल्बम ‘२५’ सार्वजनिक भएको ३ दिन भित्रमा नै १० लाख प्रति बिक्री भएको थियो । २० नोभेम्बरमा रिलिज भएको एल्बम '२५' पहिलो एल्बम हो जसले एक साता भित्र ३० लाख भन्दा बढि प्रति बिकेको थियो । यो एल्बम '२५' विश्वका १ सय १० वटा देशको एप्पलको आइट्युन्स स्टोरमा एक नम्बरमा छ ।
एडेलको सर्वप्रथम सन् २०११ मा सार्वजनिक गरिएको पछिल्लो एल्बम ‘२१’ हो जुन एल्बम अहिले पनि राम्रो बिक्रि भैरहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.