Advertisements
श्रीमान श्रीमतीको सम्बन्ध निकै निकट र प्रेमपूर्ण हुन्छ । जब घरमा समस्या, संकट अाउँछ उक्त समयमा एक अर्काको सहारा बन्नु सच्चा बैवाहिक जोडी कहलिन्छ । जब महिला र पुरुष विवाहको बन्धनमा बाँधिन्छन् त्यस दिनबाट उनिहरु एक जोडिको रुपमा नयाँ जिवन शुरु गर्दछन् । यस्तै सच्चा बन्धनको निर्वाह २७ बर्षीय सगनाबाई ग्राम सरकतोरा नाम गरेकी युवतिले निभाइरहेकी छिन् । उनको श्रीमानको खुट्टामा गम्भिर चोट लागेको छ ।

उक्त महिलाले घाइते श्रीमानलाई पिठ्यूमा बोकेर अस्पतालमा उपचार गर्न जान्छिन् । बाइक अाफै चलाउन जान्दिनन् तर पछाडि बसेर आफ्ना श्रीमानलाई सहयोग गर्दै गियर भने हान्छिन् । श्रीमानले मात्र मोटरसाइकलको ह्याडल समात्छन् । उक्त महिलाको साहस देखेर सबै चकित पर्दछन् । उनका ति क्रियाकलाप देख्दा जसले पनि बाहिर केही नबोले पनि भित्र भित्रै भन्छन्, वाहा !!

भारतकै सरकतोरा निवासी उक्त महिलाको श्रीमान् ३२ बर्षीय आशराम मरार कच्ची भवनको मर्मत गर्ने शिलशिलामा बाँसको भर्याङ चढिरहेको बेलामा भर्याङ् बाँचिन गइ भर्याङबाट पल्टिन गइ खुट्टामा गहिरो चोट लागेको थियो । घाइते अाशारामलाई आफ्तै श्रीमतीले सामुदायिक अस्पतालमा भर्ना गरिसकेकी छिन् ।

२-४ दिन अस्पतालमै बसेपछि डाक्टरले उनको उपचार लामो समयसम्म चल्ने भन्दै डिस्चार्ज गरिदिए । त्यसपछि हस्पताल आए पिच्छे सगनाबाईले आफ्नो श्रीमानलाई पिठ्यूमा बोकेर ल्याउने लैजाने गर्दछिन् । परिवारमा अन्य सदस्य कोहिपनि नभएका कारण सगनाबाईलेनै सबै काम गरिरहेकी छिन् । उनले आफ्नो श्रीमानलाई गरेको सेवा देखेर अस्पतालका उपचार गरिरहेका सबै दङ्ग पर्ने गर्दछन् ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top