Advertisements
न्यूयोर्क। जब बायोप्सी स्याप्पललाई हेरेर मानिस भन्दा पहिला परेवाले स्तन क्यानसर भएको ठाउँ पत्ता लगायो तब अमेरिकी वैज्ञानिक समेत अचम्ममा परे । जुन परेवा पुर्णरुपले प्रशिक्षित थियो । उक्त परेवाले मानिस भन्दा छिटो निकै कुशलता पूर्वक स्तन क्यान्सर पत्ता लगाएको थियो ।

कैलिफोर्निया विश्वविद्यालयको प्रोफेसर रिचर्ज लेवेन्सनका अनुसार परेवामा मानिसले भन्दा छिटो र सजीलै सँग स्तन क्यान्सर पत्ता लगाउन सक्ने क्षमता हुन्छ । परिक्षणको क्रममा परेवाको सामु स्तन क्यान्सरबाट लिइएको बायोप्सी स्याप्पललाई कम्प्युटरको स्क्रीनमा देखाइएको थियो जसमा परेवाले सजिलै चिन्न सकेको थियो । यो परेवामा ८५ प्रतिशत क्यान्सर पत्ता लगाउने क्षमता छ । उक्त परेवालाई १३ देखि १५ दिन सम्म छोटो अवधिको ट्रेनिङमा परेवाले स्तन क्यान्सर पत्ता लगाउन सकेको हो ।

यो प्रयोग ८ वटा परेवामा चलेको थियो, जसमा सबै परेवाहरु सफल साबित भए । क्यालिफोर्निया विश्वविद्यालयको विशेषज्ञले बताए अनुसार परेवा सक्षम र कुशल रेडियोलोजिस्ट साबित हुन सक्छन्, जुन क्यान्सरको शुरुवाती लक्षणहरुको पहिचान गर्न सक्दछ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top