यति बेला मुलुक निकै संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ । भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दिका कारण देश भर बिस्तारै बिस्तारै दैनिकी सामानहरुको अभाव हुन थालेको छ । यस्तै अभाव मध्ये अन्य सामाग्रीहरुको तुलनामा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल जस्ता कुराहरु पर्दछन् । केहि समयका लागि बाहिर बजार तिर निस्कियौं भने ग्यासका खालि सिलिण्डरको लाइन, गाडिका लाइन, मोटरसाइकलका लाइन देख्न सकिन्छ । म पनि एक नेपाली नागरिक हुँ त्यसकारण म पनि यस्ता सबै समस्याहरुबाट गुज्रिरहेको छु । मेरो पनि स्कुटर तिनै लाईनहरु मध्ये परेको थियो । इन्धन अभाव भए देखि ३ पटकको प्रयास पछि १ पटक भने सफल भएँ त्यो पनि जम्मा २ सयको तेल मात्र प्राप्त भयो । यसरी लगातार ३ पटक सम्म लाइनमा बस्दाका क्रममा मेरो मनमा धेरै कुराहरु खेलिरहेका थिए । मेरा अाँखा अगाडी धेरै दृष्यहरु अाएका थिए जसलाई मैले मानिसको जिवन सँग तुलना गरिरहेको थिए । सायद यो अघोषीत नाकाबन्दीले धेरै राष्ट्रसँग जोडिएका धेरै कुराहरुलाई पनि असर गरेको छ । तर मैले मात्र यस्तो अवस्थामा लाइनमा बस्दाको अनुभवलाई जीवनसँग जोडेको छु ।
मेरो अाँखा अगाडिका दृश्यहरु :
पोखराको हिमालय पेट्रोल पम्प जहाँ मोटरसाइकल तथा स्कुटरको लामो लाइन थियो, जहाँ कोहि कोहि अावारा केटाहरुले बिच बिचमा बाइकहरु घुसाइरहेका थिए, कोहि यसको बिरोध गर्दै थिए त कोहि हेरेर मात्र बसेका थिए । त्यहाँको माहोल हेर्दा लाग्थ्यो कोहि राजा या प्रधानमन्त्रीनै अाउने हो कि भनि बाटो हेरिरहेको जस्तो, लाइनमा अगाडि भएकाहरु ढुक्क अनि अनुहार चम्कीलो देखिन्थ्यो, लाइनको बिचमा भएकाहरु ठिकै देखिन्थे भने लाइनको पछाडि हुनेहरु भने निकै उदास देखिन्थे, जब तेलको ट्याङ्कर अायो तब सबैजना तालि बजाउन थाले, त्यसबेला म पनि खुसी भएँ, केहि समय पछि तेल बाँड्ने क्रम शुरु भयो । सबै जना अातुर गरिरहेका थिए, त्यो भिड र सबैले गरेको हतार देख्दा म कुनै युद्दमा छु जस्तो भान हुन्थ्यो । मेरा अगाडि लगभग २ सय सवारीसाधन थिए मनमा तेल पाइन्छ भन्ने अाश थियो । को महिला, को बुढा, को साथी कसैलाई कसैको मतलब थिएन सबैलाई मात्र तेल हाल्न पाए भएको थियो । अन्त्यमा म लगायत अरुको पालो अाउने बेला भएको थियो तर तेल सकियो । तेल नपाएकाहरु निरास भएर घर फर्कीए ।
केहि दिनपछी फेरी तेल बाढ्ने सुचना पाएँ तर यस पटक भने म लाइनमा नबस्ने निर्णय गरे र कुनैपनि ठाउँमा लाइनमा बस्न गइन । मेरो भाइ भने गएको थियो पोखराको बिरौटा जगदम्बा पेट्रोल पम्प उ राति घर फर्कीयो तेल नलिइ फर्कीएको रहेछ । तेल हाल्ने मेशिन बिग्रीएर पालो अाउने बेला फर्केर अाउनु परेको रहेछ । भोलिपल्ट त्यही ठाउँमा बाँकी तेल बाँड्ने भन्ने सुचना पाए पछि म लाइनमा बस्न गए । त्यो दिनमा भने बल्ल तेल पाउन सफल भए ।
यि सबै कुराहरुलाई मानिसको जिवनसँग यसरी जोडें
पेट्रोल हाल्ने ठाउँ सम्म पुग्नुलाई मैले सफलता बनाए भने बाइकमा भएका सबैलाई मानिसहरु बनाए र लाईन बाट तेल हाल्ने ठाउँ सम्म पुग्नुलाई जिवन तथा सङ्घर्ष बनाएर सोचें मैले सोचेको कुरा सँग त्यहाँ भएका सबै कुराहरु मेल खाएको जस्तो लाग्थ्यो । मानिसहरु सबै सफल हुन चाहन्छन् तर कोहि सफल हुन्छन् त कोहि असफल । कोहि भने मेहेनत गर्दा गर्दै पनि अभागी (अनलक्की) हुन्छन् ।
मेरो बिचारले देखेको र सिकेको पाठ
यसबाट सबै भन्दा पहिला समय के हो भन्ने कुरा सिकें समयमै आफ्नो वाहनलाई त्यहाँ राख्न सकेको भए सायद सजिलै तेल पाउथे होला । त्यसैकारण पनि मानिसले आफ्नो जिवनमा सफलहुनको लागि हरेक चिज समयमै गर्नुपर्छ ।
जसरी हावा केटाहरुले बिच बिचमा बाइक घुसाइरहेका थिए, केहीले कराए पनि उनिहरु 'कसले के गर्छ' भन्दै दादागिरीका साथ अगाडी अगाडी घुसाउँदै थियो, उसले तेल पनि पायो तर सबैले उसलाई नराम्रो दृष्टिले हेरेका थिए । मानिसको जिवनमा पनि यस्तै नकरात्मक पक्ष या दुष्ट व्यक्तिहरु भेटिन्छन् । जसले सफलता पनि हासील गरेका हुन्छन् तर बद्नाम भएर । जसले आफू बद्नाम भएर सफलता हासील गर्दछ त्यो सफलता सफलता होइन । यस्ताको बिरुद्द सबैले अावाज उठाउनुपर्छ सायद त्यहाँ सबैले बोलेको भए त्यस्तो हुने थिएन ।
कोही व्यक्ति हावा केटाहरुको सिको गर्दै बिचमा भएको लाइन छोडेर अगाडी पुग्ने कोशीस गरेका थिए । तर केहीले कराएपछि उ लाइनको फछाडि गएर बस्नुपर्यो । मानिसको जिवनमा पनि धेरै व्यक्तिहरुले असर गरिरहेको हुन्छ कसैको सफलतालाई देखेर त्यसको सिको गर्न खोज्दा उसको समय, कोशीस सबै बेकार हुन्छ र उ पहिला जुन अवस्थामा थियो त्यो अवस्था भन्दा झन् पछाडि पर्न सक्छ ।
जो अन्त्यमा बसेका थिए उनिहरु तेल नसकिने बेलासम्म धर्य गरिरहेका थिए भने कतिको त पालो अाउने बेलामै तेल सकिएको थियो । त्यस्तै हामीले जिवनमा सफल हुनको लागि सफल नभए सम्म आफ्नो धर्य छोड्न हुँदैन । अर्को कुरा हरेस खान हुँदैन ।
मैले तेस्रो पटक सम्मको प्रयास पछि जसरी तेल पाएँ त्यस्तै धेरैले दोस्रो या तेस्रो पटक अवश्य पाएका होलान् । यसले सबै भन्दा महत्वपूर्ण कुरा कोशीस भन्ने कुरा कहिले पनि छोड्नु हुँदैन भन्ने कुरा सिकाउँछ । कहिले काँही हामी यति धेरै मेहेनत गरेर पनि त्यसको परिणाम शुन्य अाउँछ । त्यसबाट हामी निरास नभइ कोशिसलाई जारी राखेमा हामी अवश्य सफल हुनेछौ ।
फेसबुकबाट
UBIKA THAPA
https://www.facebook.com/ubika.thapa61

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.