Advertisements
भक्तपुरको दरबार स्क्वायरमा मानिसहरुको निकै भिड थियो । केहि समयमा बा १ ह ४८४३ नम्बरको अटो  रेक्सा अायो र अगाडीबाट चालक अोर्लीए जो थिए विश्वका चर्चित फुटबल प्लेयर डेबिड वेकह्याम । सायदै यस्तो पहिलो होला कि यसरी विश्वका स्टार जो काठमाण्डौ अाएर यसरी अटो रेक्सामा यात्रा गरिरहेका थिए । उनले सोहि ठाउँमा भक्तपुरकै पदम ज्योति स्कुलका विद्यार्थीहरुसँग फुटबले खेलेर रमाइरहेका थिए । भने सोहि स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्प पीडित विद्यार्थीसँग कुराकानी समेत गरेका थिए ।

केही वर्ष अघि मात्र व्यवसायिक फुटबलबाट सन्यास लिएका बेक्ह्याम सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने क्रममा नेपाल अाएका थिए । साथै बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि पनि नेपाल आएका थिए । उनिसँगै बीबीसी वान र बीबीसी विश्व सेवा डकुमेन्ट्री निर्माण टोली पनि नेपाल आएको छ ।

बेकह्याम सन् २००५ देखि युनिसेफ  युकेको सद्भावना दूत रहेका उनी मलेरिया नो मोर नाम संस्थाका समेत सद्भावना दूत हुन्। खबर अनुसार बेकह्यामले नेपाल लगायत अन्टार्कटिका, जिबुटी, मायामी, ब्युनस आयर्स, पपुवा न्युयोगिनीमा फुटबल खेल्नेछन् ।
हेर्नुहोस् फोटोहरु




















Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top