Advertisements
एउटा महिला प्रहरीलाई शायद यो थाहा थिएन कि एउटा अार्मी अफसरको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गर्नु उनको जिवनको सबै भन्दा ठूलो भुल थियो । पहला साथी त्यसपछि विवाह भयो विवाह पछि मात्र उनलाई थाहा भयो कि जसलाई उनि अार्मी अफसर सम्झीएकी थिइन् उ धोकेवाज र ठग निस्कीए । अब उनि न्यायको लागि अदालतको ढोका धाउन थालेकी छिन् ।

भारतको उधमसिह नगर जिल्लाको शौर्या स्क्वायड समुहमा रहेकी एक महिला प्रहरीको फेसबुक आईडीमा मे २०१४ मा एउटा फ्रेन्ड रिक्वेस्ट अायो । फ्रेन्ड रिक्वेस्ट पठाउने कुनै अार्मी अफसरको ड्रेस मा थियो । त्यसैकारण पनि यी महिलाले त्यो फ्रेन्ड रिक्वेस्ट लाई स्वीकार गरेकी थिइन् ।

त्यसपछि यि दुई बिच च्याटमा कुराकानी हुन थाल्यो । उक्त युवकले आफ्नो परिचय उत्तर प्रदेशको लिल्ला बिजनौर, थाना नहटौरको ग्राम फुलसुङ्गी निवासी नितिन नाम भएको बताएका थिए । उनि पैरा रेजीमेन्टमा क्याप्टन पदमा तैनाथ छु भनि उक्त महिलालाई बताएका थिए । त्यसपछि नितिनले विवाहको प्रस्ताव लिएर महिला प्रहरीको घरमा पुगेका थिए । तर उक्त महिला प्रहरी आफ्नो टिमसँग देहरादून गएकी थिइन् । त्यहाँ फोन गरेर आफूसँग विवाह नगरेमा आफू अात्महत्या गर्ने धम्की नितिनले उक्त महिलालाई दिए ।

उक्त महिलाले प्रहरी उसलाई सम्झाउन धामपुरमा पुगीन् तर युवकले भने विवाहको फाइल रजिस्टर्ड गर्नका लागि कोर्ट लगी उसको साथमा कोर्ट म्यारिज गरे । केही दिन आफ्नो श्रीमानसँगै रहेर उक्त महिला आफ्नो ड्यूटी मा गइन् ।

जब महिला विदा लिएर आफ्नो ससुराली बिजनौर गइन् । त्यहाँ आफ्नो श्रीमानलाई नशामा धुत भएर झगडा गरिरहेको थाहा पाइन् । त्यहाँ पुगेपछि मात्र थाहा भयो कि उनको श्रीमान् अार्मीमा थिएनन् । त्यती हुँदा पनि उनि श्रीमानको अत्याचार सहँदै बसीरहिन् । जब अति नै उत्पीडनमा परेपछि उक्त महिला प्रहरीले महिला हेल्प लाइनमा आवेदन दिइन् । महिला हेल्प लाइनमा सुनवाईका क्रममा श्रीमान नितिन र अन्य ससुराली पक्षका व्यक्तिहरुले उल्टो महिला प्रहरीलाई नै विभिन्न अारोप लगाउन थाले । महिला हेल्प लाइन प्रभारी कुमकुम धानिकका अनुसार यस घटनालाई एसएसपीले नितिन र उनको घरका अन्य परिवारका विरुद्दमा मुद्दा दायर गर्ने निर्देशन दिइसकेका छन् ।

डेमो तस्विर



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top