Advertisements
सुत्ने खराब तरिकाका कारण मुटुको बिमारी हुने खतरा बढ्दछ । एक अध्ययनका अनुसार यदि मानिस स्वस्थ्य रहनको लागि ७ घण्टा गहिरो निन्द्रामा सुत्नु पर्ने हुन्छ । सियोलको सुङ्क्युनकुआन विश्वविद्यालय को स्कूल अफ मेडिसिनका चान वोन किम पनि उक्त अध्ययनमा सहभागी छन् । उनका अनुसार, अाधी-अधूरो निन्द्र एउटा आम समस्या हो र खराब स्वास्थ्यको कारण पनि यही हो । यसको कारण मुटु सम्बन्धी समस्या उत्पन्न हुन्छ ।

उक्त अध्ययन मा ४७००० युवा र अर्धबैश्य व्यक्तिहरुको निन्द्रा सँग सम्बन्धीत प्रश्नावली दिइएको थियो । अध्ययनमा सहभागी सबैको कोरोनरी धमनिहरुमा क्याल्शियम पाइएको थियो । यस्तो हुनु भनेको कोरोनरी हृदय रोगको शुरुवाती लक्षण मानिन्छ । अध्ययनबाट अध्यनकर्ताहरुले यो पाए कि ७ घण्टा सुत्नेको तुलनामा ५ घण्टा सुत्ने मानिसको कोरोनरी धमनिहरुमा ५० प्रतिशत अधिक क्याल्शियम पाइएको थियो ।

अध्ययनमा सामेल भएका काङ्गबुक सैमसन अस्पतालको एसोसिएट प्रोफेसर यूसू चांग का अनुसार, सात घण्टा सुत्ने मानिसहरुहरुको तुलनामा राम्रो नसुत्ने या भनौ राम्रो समयतालिकामा नसुत्ने मानिसहरुको मुटुमा बढी समस्या देखिन्छ । सबै कुरा हेर्दा अरु भन्दा ७ घण्टा राम्रो निन्द्रा लिने मानिसमा नाडी सम्बन्धी रोग लाग्ने सम्भावना निकै कम हुन्छ । यो अध्ययन अमेरिकी हार्ट एसोसिएशनको जरनल आर्टिरिओसेलेरोसिस, थ्राम्बोसिस एण्ड वस्कुलर बायोलोजी मा प्रकाशित भएको छ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top