Advertisements
अफगानिस्तानमा आफ्नो प्रेमी सँग भाग्ने एक महिलालाई ढुङ्गा हानेर मारिएको छ । उक्त महिलाको निकाह(मुस्लिमहरुको इङ्गेजमेन्ट) आफ्नो रोजाइ अनुसार नभइ अर्कै व्यक्ति सँग भएको थियो । जसकारण उनि आफ्नो प्रेमी सँग भागेकी थिइन् । यस्तो गरेका कारण उक्त महिलालाई जमीनमा खाल्टो खनि टाउको देखीने गरि ज्यूदै गाडेर निकै निर्मम तरिकाले टाउकोमा ढुङ्गा हानी हानी उक्त महिलाको हत्या गरियो । सो हत्याको भिडियो यतिखेर सामाजिक संजालहरुमा निकै भाइरल भएको छ ।

हत्या भएको घटना एक हप्ता अगाडि फिरोजकोहको राजधानी घोर बाट करीब ४० किलोमीटर टाढा घालमीन भन्ने ठाउँमा भएको थियो । उक्त महिलालाई तालिबान, स्थानीय धार्मिक नेताहरु र हथियारधारी कबीलाई हरुले ढुङ्गा हानेर मारेका हुन् ।

उक्त महिलाको रूखसाना भएको र उनको उमेर १९ देखि २१ बर्ष सम्मको हुनसक्ने बताइएको छ । उनि लगातार शहादा पढिरहेकी थिइन् । अन्तिम ३० सेकेण्डमा उनको अावाज निकै चर्को सुनिएको थियो ।








Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top