Advertisements
ब्राजिलमा एक पुलिस अफिसरले आफ्नै श्रीमतीलाई खुलेअाम सबैको सामु गोली हानेर मारेका छन् । यो घटना २० अक्टोबर मा भएता पनि हाल अाएर उक्त घटनाको भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भैइरहेको छ ।
ब्राजिलको उबेरलेन्डिया शहरमा ४६ बर्षीय यि व्यक्तिले आफ्नो श्रीमती भेरिडिएना रड्रिक्ससँग झगडा भएको थियो । झगडाले यति ठूलो रुप लियो कि त्यी व्यक्तिले आफ्नै श्रीमति माथी गोलि चलाएर हत्या गर्न भ्याए । उक्त पुलिस अफिसरको श्रीमतिको उमेर ३६ बर्षकी थिइन् ।

घटना पछि प्रहरीका अनुसार, २० अक्टोबरमा उक्त घटना घटेको भएपनि यो भिडियो भने हाल अाएर भाइरल भएको छ । यस भिडियोमा अाक्रमण गर्ने पुलिस अफिसर आफ्नो श्रीमती भेरिडिएनाको पछि बन्दुक लिएर लखेटिरहेका छन् । केहि पर पुगेपछि श्रीमतिलाई गोलि हान्दछन् । श्रीमती भुइमा ढलेपछि नजीकै गएर ११ पटक सम्म शुट गर्दछन् । गोलि हानेपछि पनि उ नभागी ढुक्क सँग हिडिरहेका छन् । खबर अनुसार त्यहाँ बाट उनि घरमा गएर अाफुलाई बन्द गरेको र प्रहरीले उसलाई हिरासतमा लिएर मनोचिकित्सकको मा लगिएको जानकारी पाइएको छ ।

हेर्नुहोस् उक्त भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top