एक अध्ययनमा यस्तो कुरा अगाडि अाएको छ कि अालूको रसले पनि कपालका लागि निकै फाइदा दिने बताइएको छ । आलूको रसमा पर्याप्त मात्रामा स्टर्च पाइन्छ, जसको प्रयोगले कपाललाई बलियो बनाउनुका साथै कपालमा रहेको अतिरिक्त तेल पनि सफा हुन्छ । कपालमा प्रयोग हुन् अन्य कुराहरु भन्दा अालु सबै भन्दा सस्तो हुनाले पनि यसको प्रयोग गर्न सकिन्छ ।
काँचो अालुको रसले कपाल धुदा कमाल बलियो हुनुका साथै निम्न लिखित कुराहरु फाइदा हुन्छ ।
१. यदि तपाईको टाउकोमा कपाल पातलो छ भने अालुको रसको प्रयोग ज्यादै फाइदाजनक हुनेछ । आलुको रसले कपालको ग्रोथलाई बढाउनमा सहायक सिद्ध हुनेछ । यो उपाएलाई एक महिनामा २ पटक गर्दा राम्रो हुनेछ ।
२. यदि तपाई आफ्नो कपालमा भएको पुरानो रङ हटाएर नयाँ रङ लगाउन चाहानुहुन्छ भने पनि आलुको रस तपाईको लागि निकै फाइदाजनक हुन्छ । यसले तपाईको कपाललाई ब्लिच गर्ने काम गर्दछ ।
३. यदि तपाईको कपाल धेरै झर्ने गरेको छ भने पनि तपाई आलूको रस निकै लाभदायक हुन्छ । आलुको रसलाई नरिवलको तेल र जेतुनको तेलमा मिलाएर लगाउँदा राम्रो हुन्छ ।
४. यदि तपाईको कपाल मुनिको छाला चिल्लो छ भने पनि आलुको रस तपाईको लागि निकै फाइदाजनक हुनेछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.