Advertisements
केहि समय अगाडी लाला त्रिपाठीको हत्याकाण्डपछि भारतका उज्जैन पुलिस एकाएक निकै सक्रिय भएका छन् । पुलिसले पुरै शहरुमा गुण्डा पक्राउ अभियान नै बनाएका छन् । जनताको मनबाट गुण्डाको डर निकाल्नको लागि पुलिसले नयाँ तरिका अपनाएको छ । जो गुण्डा पहिले आफ्नो क्षेत्रमा दादागिरी देखाउँथे । त्यही क्षेत्रमा लगेर आमुन्ने सामुन्ने उभ्याएर एक अर्कालाई थप्पठ हान्न लगाइन्छ त्यति मात्र नभइ उनिहरुलाई उठबस गर्न पनि लगाइन्छ । जून दृश्य सबैले देख्न सकुन र गुण्डाको डर पैदा नहोस् ।

पछिल्लो चार दिनदेखी उज्जैनमा गुण्डा पक्राउ अभियान नै चलेको छ । एडिसनल एसपी अमरेन्द्र सिंहका अनुसार अहिलेसम्म करिब २१५ गुण्डाहरुलाई हिरासतमा लिइएको छ । यिनीहरुमध्ये कोहि यस्ता छन् जो लामो समय देखी फरार रहेका थिए

पुलिस अधिकारिहरुका अनुसार प्राय गुण्डा धम्काउएर जनताको मनमा डर पैदा गरि अपराध गरेको बनाउँछन् । यो भन्दा अगाडि जनताको मनबाट डर निकाल्नको लागि पुलिसले गुण्डालाई उसैको क्षेत्रमा लगेर पिट्दै जुलुस निकाल्ने गर्दथे यस्तो गर्दा मानवअधिकार अायोगले यसमा अापत्ति जनाएको थियो । अहिले आयोगबाट बच्नको लागि र जनताको मन बाट गुण्डाको डर निकाल्नको लागि उज्जैन पुलिसले यो तरिका अपनाएको छ । यसमा पुलिस गुण्डालाई पिट्दैन तर उनीहरुलाई आमने सामने उभ्याएर एक अर्कालाई थप्पड हाल्न लगाउँछ ।

हेर्नुहोसे भिडियो




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top