भारतको उत्तर प्रदेश बिहार राज्यमा हालै सम्पन्न भएको चुनाबमा नरेन्द्र मोदिको पार्टीको नराम्रो सँग हार भयो । यस सँगै भारतमै नरेन्द्र बिरुद्द चर्को अालोचना भैरहेको छ । हालै उत्तर प्रदेशको बिहारका मुख्य मन्त्री नीतिशकुमारले भारतको केन्द सरकारले नेपालमा लगाएको अघोषीत नाकाबन्दी खोल्नका लागि आफुले विशेष पहल गर्ने बताएका छन् ।
नेपालका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको टेलिफोन वार्ताका क्रममा नीतिशकुमारले नाकाबन्दी खोल्न आफुले विशेष पहल गर्ने बताएका छन् । उनले मोदी सरकारले नेपाली जनतामाथि अन्याय गरेको जानकारी पाउँदा पनि आफु चुनावि दौडमा लागेकाले पहल गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अव नाका खुलाउन सहयोग गर्ने बताएका हुन् । नेपालका अधिकांश नाका बिहारसँग जोडिएका छन् । नीतिश यस अघि चुनावि सभाहरुमा पनि नेपालमाथी लगाइएको नाकाबन्दी मोदीको फाँसीवादी चरित्रको नांगो प्रहार भएको बताउँदै आएका थिए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.