Advertisements
बलिउडको नयाँ सेक्सी कमेडी फिल्म 'गुड्डुकी गन' ले सेन्सर बोर्डलाई समेत हैरान बनाएको छ । बताइएको छ कि फिल्मको टीमले १२ प्रोमो सेन्सर बोर्डमा पठाएको थियो तर एउटा पनि देखाउन लायक नभएकोले फेरी ९ वटा प्रोमो पठाइयो, त्यसपछि मात्र सेन्सर बोर्डले ३ वटा प्रोमोलाई स्विकृती दियो ।

भारतीय संचार माध्यमका अनुसार, यो अाउने अाउँदै गरेको फिल्म 'गुड्डु की गन' मा अभिनेता कुनाल खेमूले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्म रिलीजको तयारीमा छ । जतिसुकै सेक्सी फिल्म भएपछि सेन्सर बोर्ड‍ले फिल्मलाई 'ए' सर्टिफिकेट दिएको छ ।

यस फिल्मका निर्देशन शांतनु राय छिब्बर र शीर्षक आनन्दले गरेका हुन् । फिल्मको ट्रेलरमा देख्न सकिन्छ कि दोहोरो अर्थ दिने खालका शब्दहरु पर्याप्त मात्रामा प्रयोग गरिएको छ । यो फिल्म ३१ अक्टोबरमा रिलीज हुनेछ ।

यो फिल्मको कहानी गुड्डु नाम गरेका वाशिङ पाउडर सेल्समेनमा अाधारीत रहेको छ । 'गुड्डु की गन' मा धेरै बोल्ड सिनहरु समावेस गरिएको छ भने बंगाली नायीका पायल सरकार बलिउडमा डेब्यू गरेकी छिन् ।






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top