Advertisements
मस्को एउटा हस्पिटलमा डाक्टरले एउटा बिरामीलाई कुटपिट गरी हत्यानै गरेका छन् । घटना २९ डिसेम्बरको भए पनि उक्त घटनाको सिसिटिभी भिडियो भने यतिखेर सामाजिक संजालहरुमा भाइरल भैरहेको छ ।

अाखीर किन रिस उठ्यो डाक्टरलाई
घटना रुसको राजधानी मस्कोबाट करिब ६७० किलोमिटर टाढा बेलगोरड शहरको हो । रूसी मीडियाहरुका अनुसार, बिरामीले मात्र नर्सलाई छोएका थिए त्यसैकारण इल्या जेलेनडिनोव नाम गरेका डाक्टर निकै रिसाएका थिए । डाक्टरले बिरामीलाई सोधे, 'नर्सलाई किन छोएको?' त्यतिकैमा बिरामीको टाउकोमा जोडले हिर्काएका थिए । बिरामी ५६ बर्षका थिए जो बेलगोरडमै बसोबास गर्नेवाला थिए ।

सीसीटीभी फुटेजमा के छ?
सीसीटीभीको भिडियो फुटेजमा नर्स एउटा अर्धनग्न बिरामीलाई चेक गर्दैछिन् । त्यसपछि निलो टिसर्टमा एउटा डाक्टर अाएका छन् त्यसपछि उक्त डाक्टरले बिरामीलाई तानेर धक्का दिएर कुटपिट गर्न शुरु गर्दछन् । बिचमा एउटा कालो ज्याकेट लगाएका व्यक्ति डाक्टरलाई रोक्ने प्रयासमै हमला गर्न थाल्छन् तर डाक्टरले बिरामी र त्यो कालो ज्याकेट लाउने व्यक्तिलाई निर्मम तरिकाले कुटपिट गर्दछन् । त्यहि क्रममा बिरामीलाई टाउकोमा मुक्का हिर्काएका छन् । घटना स्थलमै उक्त बिरामीको मृत्यु हुन्छ ।

डाक्टर लाई दुई सालसम्म कैद हुन सक्छ
यो सीसीटीवी फुटेज बाहिर अाएपछि यो घटनाको खबर रुसमा निकै चर्चामा अाएको छ । घटनाको जाँचको लागि अादेश दिइसकेको छ भने इन्भेस्टिगेशन अफिसर येलेना कोजीरेवा का अनुसार डाक्टर बिरुद्द क्रिमिनल केश दर्ता भएको छ । यिनै अफसर का अनुसार, यसको लागि डाक्टरलाई दुइसालको कैदको सजाँय हुनेछ ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top