Advertisements
गूगलले एन्ड्रोइडको प्ले स्टोरबाट १३ वटा एप्सलाई हटाएको छ । सेक्यूरिटि रिसर्चवालाहरुका अनुसार त्यो एप्सहरुले एन्ड्रोइट फोनमा बिना इजाजत शंकापूर्ण सामाग्री डाउनलोड गरिदिएको थियो । यो एेप्सले रुट प्रिविलिज़ लिने र डिभाइस पार्टेशनमा फाइलहरु कपी गर्ने जस्तो काम गरेको थियो । समस्या यो हो कि यो फाइल फ्याक्टरी रिसेट गर्दा समेत नहट्ने खालको थियो ।

यदि तपाईले पनि यो एपहरु डाउनलोड गर्नुभएको छ भने तुरुन्त हटाइहाल्नुहोस् । गूगल स्टोरमा भएको एप बाहेक अरु ठाउँको एपहरु कुनैपनि हालतमा डाउनलोड नगर्नुहोस् । गुगलले आफ्नो स्टोरबाट ब्लक गरेको एपहरु निम्न अनुसार छ जसलाई तपाईहरुले पनि आफ्नो मोबाइलबाट हटाउनु राम्रो हुनेछ ।

१. केक ब्लास्ट (Cake Blast)
२. जम्प ब्लास्ट (Jump Planet)
३. हनी कम्ब (Honey Comb)
४. क्रेजी ब्लक (Crazy Block)
५. क्रेजी जेली (Crazy Jelly)
६. टाइनी पजल (Tiny Puzzle)
७. निन्जा हुक (Ninja Hook)
८. पिगी जम्प (Piggy Jump)
९. जस्ट फायर (Just Fire)
१०. ईट बबल (Eat bubble)
११. हिट प्लानेट (Hit Planet)
१२. केक टावर (Cake Tower)
१३. ड्राग बक्स (Drag Box)



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top