Advertisements
भारतको गुजरातमा बस्ने १२ बर्षिय श्रेया दोरजीको कानबाट दैनिक १५ कमिलाहरु निस्किरहेको छ । यस बारेमा स्वयं डाक्टर पनि निकै अाश्चर्यमा परेका छन् । पछिल्लो साल अगस्टको महिनामा श्रेयाको कान दुख्ने र चिलाउन शुरु भएको थियो । यस्तोमा उनका अामा बाबुले उनलाई अस्पताल पनि पुर्याएका थिए ।

उक्त समयमा पनि इएनटी स्पेशलिस्टले बच्चाको कानबाट १० वटा कमिला निकाली सफा पनि गरिएको थियो । तर केहि दिन पछि श्रेयाको उक्त समस्या फेरी हुन थालेको छ ।

खबर अनुसार कानमा स्पेशल क्यामराबाट हेर्दा पनि केहि पत्ता लगाउन नसकेको जनाइएको छ । अनौठो यो छ कि श्रेयालाई यस्तो हुँदा पनि कुनै पनि दुखाइ नभएको बताउँछीन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top