Advertisements
डिसेम्बर ६ मा वासिङ्टनमा भएको '३८अौ बार्षीक क्यानेडी सेन्टर सम्मान' कार्यक्रममा चर्चीत गायीका एरेथा फ्रङ्कलिनले आफ्नो प्रस्तुति राखेकी थिइन् जुन भिडियो अहिले सोसल मिडियाहरुमा निकै चर्चामा अाउन सफल बनेको छ । उक्त कार्यक्रममा ७३ बर्षीय एरेथा जब स्टेजमा अाइन र पियानोमा हात राखिन् त्यसपछि सुरु भयो उनको अावाजको जादु । उनले 'You Make Me Feel Like' बोलको गित गाएकी थिइन् । त्यहाँ जति पनि दर्शकहरु थिए सबैलाई उक्त गितले छोएको थियो । त्यहाँ उपस्थित प्राय सबैले एरेथाले गाइरहेको गित सँग-सँगै गुनगुनाइरहेका थिए त्यस मध्ये बाराक अोबामाकी पत्नी पनि थिइन्।

उक्त कार्यक्रममा चर्चीत कम्पोजर क्यारोल किङ पनि पुगेकी थिइन् । उनि पनि गित सँग निकै रमाइरहेकी थिइन् । यस कार्यक्रममा अोबामा र उनको पत्नीले पनि यस गितमा निकै ध्यान दिएर सुनिरहेका थिए । गित सँगै ओबामाको अाँखा रसाइरहेको थियो र गितको अन्यमा अोबामा लगायत सबैले गितलाई सम्मान दिंदै उठेर तालि बजाएका थिए ।


हेर्नुहोस् तपाई पनि उक्त भिडियो


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top