एक सेलिब्रेटी फोटोग्राफर केविन एबोशले एउटा अर्गानिक अाएरिश अालुको तस्विर ७.५ लाख पाउण्ड (१२ करोड रुपैया) मा बेचेका छन् । ४६ बर्षीय केविन एबोशले यो कुराको पुष्टि गरेका छन् कि उनको कालो ब्याकराउण्डमा भएको अर्गानिक अालुको तस्विर एक अज्ञात यूरोपीयन व्यवसायीलाई बेचिएको छ ।
उल्लेखनीय छ कि एबोशको पोर्टरेट सामान्यतय कम्तिमा पनि ३ करोड रुपैयामा बिक्ने गर्दछ । यो तस्विर २०१० मा स्टिभन स्पीलबर्ग, माइकल पेलिन, फेसबुकको शेरिल स्याण्डबर्ग र मलाला यूसुफजईको साथमा खिचिएको थियो । यो अालु भएको तस्विरको प्रिन्टको ३ वटा भर्जन छ ।
यसको एक भर्जन फोटोग्राफरको प्राइभेट कलेक्शनमा रहेको छ । दोस्रो उनले सर्बियाको एउटा म्यूजियमलाई दानमा दिइएको थियो र तेस्रो अज्ञात व्यवसायीलाई बेचिएको छ । एबोशका अनुसार यस्तो पहिलो पटक भएको होइन ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.