Advertisements
भारत मध्य प्रदेश इन्दौरको एमवाय अस्पतालबा आइतबार दिउँसो चोरी भएको ३ महिनाको बच्चा सोमबार भेटिएको छ । आरोपी महिलाहरुले बच्चालाई एक लाख रुपैयामा बेचेका थिए । बच्चा यस्तो परिवारलाई बेचिएको थियो जसको बच्चा हुनबाट बच्चिंत थिए ।

बच्चा चोरी भएपछि आमाबाबु संयोगितागञ्ज पुलिस चौकि पुगेर रिपोर्ट दिए । त्यसपछि पुलिसको अनुसन्धान पछि बच्चा चोर्ने शुभम् नगरकी बिनिता, उनका पति अभिषेक, १० बर्षीय छोरी र छिमेकी सुमन र सुमनका पति सुरेश शर्मा लाई गिरफ्तार गरेको छ ।

बच्चा खरिद गर्ने दम्पतिलाई पनि पुलिसले गिरफ्तार गरेको छ । आरोपीहरुले यस्तो खुलासा गरेका थिए कि बच्चाको डिल वृंदावनधाम (यूपी)का सन्त आनन्दगिरी महाराजले गरेका थिए । पुलिस उनलाई पनि खोजिरहेको छ ।



आइतबार भएको बच्चा चोरीको भिडियो सिसिटिभि क्यामरामा कैद भएको थियो त्यसकैको आधारमा पुलिसले आफ्नो कारवाहि अगाडि बढाएको थियो । उक्त भिडियोमा स्पष्ट सँग देखिएको छ कि कसरी हेर्दा हेर्दै अभिभावकको आखाँमा धुलो छर्दै बच्चालाई लिएर फरार भएकी छन् । त्यहाँ उनिमात्र एक छैनन् उनिहरुको ठूलो ग्याङ भएको पनि यहि सिसिटिभीबाट स्पष्ट हुन्छ । हेर्नुहोस् भिडियो



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top