जनयुद्धलाई कुनै पनि बेला विसर्जन गर्ने निचोडमा पुगेका तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न ०६१ तिर सहिद विवेककी पत्नी एवं माओवादी महिला नेतृ जयपुरी घर्ति भारत पुगेकी थिइन् । माओवादी हेडक्वाटर जनयुद्धकालभरी पूरै समय भारतमै रह्यो । प्रचण्ड पूरै समय उतै बसे । भर्खर आफ्नो जीवनसाथी कविराम केसी (विवेक) २०६० मंसीर २७ गते रोल्पाको पाछाबाङमा तत्कालीन शाही सेनासँगको भीडन्तमा सहिद भएका थिए ।
आफ्नो जीवन साथी गुुमेको पीडालगायत पार्टीका कयौं कुरा सेयर गर्नु थियो पार्टी अध्यक्ष प्रचण्डलाई जयपुरीले । भारतमा उनी लामो समय पार गरेर गइन् । भारतस्थित प्रचण्ड बसेको सेल्टरमा जयपुरी पुगेकी मात्र थिइन् । प्रचण्ड र अर्का माओवादीका कोही नेता आपसमा कुराकानी गरिरहेका थिए । जयपुरी अर्को कोठामा थिइन् । तर उनले प्रचण्डले कुरा गरेको अलि मधुरो आवाजमा सुनिरहेकी थिएन् ।
कुरा गर्दै जादा प्रचण्डले नेपालमा जारी जनयुद्धमा माओवादी जनसेनाहरुको प्रसँग कोट्याइरहेका थिए । जनसेना जसले जीवनमरणको लडाइँ लडिरहेको कुरा प्रचण्डलाई ज्ञात भएकै कुरा हो । प्रचण्डले जनयुद्धमा लड्ने लडाकु योद्धाहरुको सही ढंगले प्रंशसा गर्लान् भन्ने सबै नेता र कार्यकर्तालाई लाग्नु स्वभाविक हो । जयपुरीले पनि त्यही आशा बोकेर प्रचण्डलाई भेट्न पुगेकी थिइन् ।
कुराकानी गर्दै जादा प्रचण्डले जनयुद्धमा जीवन गुमाउने योद्धाहरुको साख गिर्ने गरी यति तीतो कुरा गरे कि त्यो जयपुरीको आफ्नै कानले सुन्यो । पालो कुरेर बसिरहेकी जयपुरीले कतिबेला प्रचण्डलाई भेटौला र आफ्ना पीडाहरु राखौला भन्ने मनसायका साथ पर्खेर बसेकी थिइन । प्रचण्डले कुरा गर्दै जादा अर्का एकजना नेतासँग रुकुम खाराको पहिलो लडाइँको प्रसँग कोट्याइरहेका थिए । जुन कार्वाही असफल भएको थियो ।
पहिलो खारा लडाइँमा जनमुक्ति सेनाका झन्डै पचासको हारहारीमा सहिद बनेका थिए । सय भन्दा बढी घाइते भएका थिए । खारामा लड्दा जनसेनाका ती योद्धाहरु, जो तत्कालीन शाही सेनाका क्याम्पमा आफ्नो जीवनलाई माया मारेर बम बनेर पड्किन पुग्थे । मर्ने भन्ने पीर थिएन कुनै पनि जनसेनाका सदस्यहरुलाई ।
ती बहादुर जनसेनाका योद्धाहरुलाई होच्याउने गरी प्रचण्डले बन्द कोठामा भने, ‘होइन हाम्रा सेनाहरु कस्ता भेडा हुन्, लडेको लड्यै छन्, मरेको मर्यै छन् ।’ प्रचण्डको यो बोली सुनेर जयपुरीको कान फुट्लाजस्तै भयो । भर्खरै आफ्नो जीवनसाथी विवेक सहिद भएको । त्यही पीडा सुनाउन भारत गएकी जयपुरीलाई प्रचण्डको यस्तो भनाइले उनलाई असाध्यै ठूलो पीडा दियो ।
प्रचण्डको कुराले आफ्नो पीडामाथि पीडा थपिइपछि जयपुरी प्रचण्डलाई कुनै कुरा नराखी नेपाल फर्केकी थिइन् । त्यसपछि उनले प्रचण्डलाई भित्रैदेखि नेता मान्न छोडेको आफ्ना सहकर्मीहरुसँग बताउने गरेकी थिइन् ।
स्रोत : जनपाटी

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.