Advertisements
नेपाल लगायत भारतमा पहिले पनि महिला कण्डमहरु उपलब्ध थियो तर यसपटक भने भारतमै उत्पादन हुनेगरी पहिलो पटक महिलाहरुको लागि कण्डम लन्च गरिएको छ । भारतका केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जे.पी. नड्डाले गएको मंगलबार महिला कण्डमको लन्च गरेका थिए । यो कण्डमलाई एचएलएल लाइफकेयर लिमिटेड (एचएलएल) ले 'वेलविट' ब्राण्डको नामबाट बनाएको हो । जसलाई दिल्लीमा आयोजित दुई दिवसीय राष्ट्रिय परिवार नियोजन शिखर सम्मेलनको क्रममा लन्च गरिएको छ ।

मन्त्रि नड्डा भन्छन्, 'महिला कण्डम पूर्णरुपमा सुरक्षा प्रदान गर्दछ र महिलाहरुलाई सुरक्षित यौन सम्बन्ध बनाउन मद्दत गर्नेछ । महिला कण्डम महिलाहरुलाई सशक्त बनाउँछ । यो महिलामा हुने गर्भनिरोधक विधि हो जसले गर्भधारणको रोकथाम गर्नुका साथै एचआईभी  एड्स बाट पनि सुरक्षा प्रदान गर्दछ ।

महिला कण्डमको नयाँ लेटेक्स एडिशनको डिजाइन तयार भैइसकेको छ र यसलाई भारतको केरलमा तिरुवनन्तपुरम स्थित एचएलएलका अनुसन्धान एवं विकास केन्द्रका बैज्ञानिकहरु द्वारा आफ्नै देशमा विकास गरिएको हो । वेलभिटलाई यो बर्ष २०१६ मार्चमा डब्ल्यूएचओ र यूएनएफपीए द्वारा पहिले नै योग्य भएको जनाइएको थियो ।

हेर्नुहोस् महिला कण्डम कसरी प्रयोग गर्ने भिडियोमा हेर्नुहोस्









Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top