Advertisements
फेसबुक म्यासेन्जरमा तपाई ढुक्कसँग आफ्नो साथीहरुसँग च्याट गर्नुहुन्छ तर कहिले तपाईले ध्यान दिनुभएको छ म्यासेन्जरले लुकाएको त्यो सेक्रेट फोल्डरको बारेमा । जसको माध्यमबाट कोहि अन्य व्यक्ति तपाईसँग कुरा गर्न चाहिरहेको छ । फेसबुक म्यासेन्जरको माध्यमले तपाई त्यो व्यक्तिहरुसँग कुरा गर्नुहुन्छ जो तपाईको आफ्नो फ्रेण्डलिस्टमा छ । तर यस बाहेक पनि अन्य नचिनेका व्यक्तिहरुको म्यासेज तपाई सम्म पुगेको हुन्छ । त्यो म्यासेज प्रायजसो तपाईलाई मिल्न पनि सक्छ या नमिल्न पनि सक्छ यस्तो अवस्थामा त्यस्तो खाले म्यासेजहरु त्यही सेक्रेट फोल्डरमा जान्छ ।

फेसबुक म्यासेन्जरमा यो फोल्डर म्यासेज रिक्वेस्टको नामले हुन्छ । यो फोल्डरमा तपाईलाई आएको कुनैपनि नोटिफिकेशन तब मात्र मिल्छ जब कोहि नचिनेको व्यक्तिले तपाईलाई म्यासेज गर्दछ । तर हर स्थितिमा यस्तो हुन्छ भन्ने छैन । फेसबुक स्वयंले केहि म्यासेजहरुलाई कति पटक स्पाम सम्झेर उक्त म्यासेजलाई फिल्टर गर्दछ र छुट्टै फोल्डरमा पठाउँछ । फेसबुकले त्यो म्यासेजको मात्र नोटिफिकेशन पठाउँछ जो सँग तपाई फ्रेण्डलिस्टमा नभएपनि तपाई उसलाई चिन्नुहुन्छ । अन्य सबै सबै म्यासेजहरुलाई स्पाममा पठाउँछ ।

तर तपाई मान्नुहोस् कि यदि त्यसमध्ये सबै म्यासेज स्पाममा नजाओस् केहि म्यासेज तपाईलाई काम लाग्ने पनि हुन सक्छ भने यस्तो समयमा यो सेक्रेट फोल्डर ज्यादा उपयोगी हुन्छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top