Advertisements
हाम्रो सामान जतिसुकै सस्तो किन नहोस् चोरी भयो या हरायो भने हामीलाई निकै दु:ख लाग्छ । जब तपाईले महिनौ परिश्रम गरेर कमाएको पैसाले कुनै बस्तु खरिद गर्नुहुन्छ भने त्यस बस्तु त अझ प्यारो हुन्छ । त्यस्तै मोटरसाइकल जसको मुल्य नेपाली बजारमा २ लाख अासपास भन्दा माथी नै पर्दछ । त्यो पैसा भनेको प्राय नेपालीको लागि सानो रकम होइन् । जुन रकम कमाउन महिनौ मेहनत गर्नुपर्छ । यसरी मेहनत गरेर खरिद गरिएको बस्तु जब चोरले चोरेर लग्छ तपाईलाई धेरै नै चिन्ता लाग्न सक्छ ।

हामी मोटरसाइकललाई चाबीमात्र अफ गरेर छोड्दा ढुक्क नहुने कारणले ह्याण्डल समेत लक गरेर हिड्छौ । तर चोरहरु पनि धेरै नै चलाख र अनुभवी भएका कारण त्यस्तो बाइकलाई पनि १ मिनेटमै चोरेर फरार हुन्छन् । त्यसको उदाहरण हो यो भिडियो । बिशेष गरि नेपालको उपत्यका लगायत भारतमा यसरी धेरै नै बाइक चोरी हुने गर्दछ । यो भिडियो भारतको हो जुन भिडियोमा चोरले १ मिनेट भन्दा पनि कम समयमा चोरहरुले ह्याण्डलनै लक गरेर राखिएको बाइक चोरेर फरार भएका छन् । जुन चोरी नजिकैको सिसिटिभि क्यामरामा कैद भएको थियो । र यतिबेला उक्त चोरीको भिडियो सामाजिक संजालमा भाइरसजस्तै फैलिएको छ । तपाई सँग पनि बाइक छ भने यस्तो चोरिबाट बच्न केहि सावधानी अपनाउनुहोस् ।











Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top